कविता: कोरोनाकाल र प्रेमील स्पर्श

सुशील नेपाल २०७८ साउन २१ गते २२:४३ मा प्रकाशित

पानी वेस्सरी दर्कदो छ,
तिम्रो आगमनको प्रतिक्षामा,
बाटो भरि आँखा विछ्याएर उभि रहेको छु,
जव तिमी झुल्केल्यौ,अंकमालको उत्कृट चाहानलाइ
कोरोनामा भेटी चढाउनु पर्ने बाध्यताले,
मन् छटपट छटपट गरि रहेछ,

म मेरो आवेकलाई रोक्न सकूंला के ?
तिमीमा पनि त कौतुहलको छटपटी होला नि !
एउटै छाता छ,

पानीले आंखा उघारेको छैन,
थामिन्छ होला कुनै क्षण
तर म अँह जान्न कतै,
तिम्रो कसम तिमीलाई छुन्न ।
पर्ख, यो महामारीले हामी दुवैको
परीक्षा लिंदै छ,

पानीको बाछिटाले मेरो छातासंग मिलेर,
संगीतको सिर्जना गरेको छ,
मानौ आकाश तिम्रो आगमनको
खुशीमा स्वागत गीत गाउंदै छ,
तिमी सुस्तरी ओर्ल,बाटो चिप्लो छ,
ओत लागौंला एउटै छाता भित्र,
म तिम्लाई मेरो आँखाले सुमसुम्याउंला,

म कदाचित उत्ताउलो हुने छैन,
मेरो धैर्यतामा विस्वास गर ,
म यहां छाता लिएर पर्खि वसेको छु !

चित्र सौजन्य :विमल नेपाल

 

सुशील नेपाल
राजमित्र प्रांगण,
माल्डेन,बोस्टन,
अमेरीका

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया