काठमाण्डौं।नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई मध्यनजर गर्दै गायिका सरद कुमारी श्रेष्ठको आवाजमा रहेको मौलिक तिज गीत “तिज आयो बरी लै माइती” गीतको भिडियो सार्वजनिक भएको छ।
नेपाली नारिहरुले भोगेको पिडा र मर्मलाई गीतमा समेटिएको छ।विभिन्न कारणबाट माइत जान नपाएकी चेलीको बेदनालाई गीतमा समेटिएको छ।सरद कुमारी श्रेष्ठको शब्द तथा लय सिर्जना गीतमा रहेको छ।विषन मान्धरले गीतमा एरेन्ज गरेका छन।
विजय कुमार भुर्तेलको छायाँकन तथा सम्पादन र राजेन्द्र विसीको कोरियोग्राफी तथा राजु श्रेष्ठको निर्देशन भिडियोमय रहेको छ ।गीतको भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ।गीतमा आरोही चौलागाईको नृत्य तथा अभिनय रहेको छ।
प्रतिक्रिया