जिल्लाको राप्ती नगरपालिका–३ बाट सुजिता भण्डारीको शव भरतपुर अस्पतालमा लगिएको छ।प्रशासन र स्थानीयबीच दुई बुँदे सहमति भएसँगै शव लैजान गरिएको अवरोध हटेको हो।र,शवलाई अस्पताल पुर्याइएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।
उनका अनुसार घटनाको यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्ने र परिवारलाई आर्थिक सहायताका लागि सरकारसमक्ष अनुरोध गर्ने सहमति भएको छ।पीडित पक्षले २४ घण्टाभित्र दोषी पत्ता लगाएर कारबाही गर्ने लिखित प्रतिबद्धता नआएसम्म सुजिताको शव लैजान नदिने अडान राखेका थिए।
तर पोष्टमार्टम नभएसम्म मृत्युको कारण नखुल्ने र अनुसन्धान प्रक्रिया अघि बढाउनै समस्या हुने भएपछि शव अस्पताल लैजान दिने सहमति भएको थियो।राप्ती नगरपालिका–३ की भण्डारी ९ दिन अघि घरबाट निस्किएकी थिइन्।अघिल्लो दिन साँझ उनले दिदीलाई साथीको घरमा जाने भनेकी थिइन्।
https://www.youtube.com/watch?v=1C5YVBp6CR8
प्रतिक्रिया