मुलुकको मेरुदण्ड नै सेना हो !

इनेप्लिज २०७८ असार १७ गते ११:०९ मा प्रकाशित

मुलुकको मेरुदण्ड नै सेना हो।सेनाको नाम बदनाम गरि सैनिक संगठनलाई कमजोर र ध्वस्त पार्ने खेल भएको छ।हाम्रो मुलुकमा मात्र होइन । जुनसुकै मुलुकको लागि पनि मुलुकको मेरुदण्ड नै सेना हो ।

ऋषि धमलाको जनता जान्न चाहन्छन कार्यक्रममा पुर्व प्रधानसेनापति रुक्मद कटवालको अन्तर्वार्ता बारे सामाजिक संजालहरुमा नाम बदनाम गराउन गलत व्याख्या र प्रचार भएको देख्दा अनौठो लागेको छ।प्रधानसेनापति रुक्मद कटुवाल कटवाल माथी नचाहिंदो भ्रमहरु सिर्जना गर्ने काम भएको छ।

पुर्व प्रधानसेनापति रुक्मांगद कटवाल ज्यु लाई आक्षेप लगाउनु सरासर गलत हो।पुष्प कमल दाहाल नेतृत्वको सरकारले गरेको गलत निर्णयको आदेश सम्मको पालना नगरेर जंगी अड्डामा पृथ्वीनारायण शाहको फोटो राखेर पुरुषार्थ देखाउनु भयो।रुक्मद कटुवाल कटवाल जी को भनाइको गलत व्याख्या गरियो र लगाइयो।मेरो बुझाइमा वहाँले राजसंस्थाको विरोध गर्नु भएको होइन राजा जो कोही पनि हुन सक्छ भन्नुभएको होला जस्तै हृदयेन्द्र शाह र हिमानी शाह।कटवाल जी लाई नेपाली नागरिकहरुले सहि पहिचान गर्न नसक्नु दु:खद कुरा हो।प्रधानसेनापति रुक्मद कटुवाल कटवाल जी ले अर्थात नेपाली सेनाहरुले चाहेको भए माओवादीका प्रचण्ड र बाबुराम भट्टराई लगायतका नेताहरू संग मनग्ये पैसा लिएर माओवादीका लडाकुहरुलाई सैनिक संगठनमा समायोजन गर्न सक्नुहुन्थो। तर नेपाली सेनाहरुले मुलुक संग घात गरेन।स्वार्थी, अवसरवादी र दहीचिउरे नेपाली नागरिकहरुले नेपाली सेनाहरुको प्रशंसा सम्म गर्न सकेन।

मेरो विचारमा रुक्मद कटुवाल कटवाल डलरमा बिक्ने व्यक्ति होइन।रुक्मद कटुवाल कटवाल डलर र राजदुतमा बिक्ने व्यक्ति भएको भए माओवादीको लडाकुहरु समायोजन गर्दा बिक्री हुन्थे।यसकारण उनी डलरमा बिक्री हुने व्यक्तित्व होइन मेरो बुझाइ यही नै हो।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।

प्रतिक्रिया