वीरेन्द्र रावल/धनगढी,असार २।सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक बर्ष २०७८ ।०७९ को बजेट मंगलबार सार्वजनिक भएको छ।प्रदेश सभामा आर्थिक मामिला मन्त्री प्रकाश बहादुर शाहले बजेट प्रस्तुत गर्नु भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७८ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँको बजेट ल्याएको छ।
सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबारको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब ५ करोड कमको बजेट प्रस्तुत गर्नु भएको छ।
यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको भौतिक पूर्वाधार तथा कार्यालयमा शृङ्गार–पटार गर्न १८ करोड ७८ लाख,सुदूरपश्चिम प्रदेश लोक सेवा अयोगको लागि २ करोड ५८ लाख,कैलालीको सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर र टीकापुर अस्पतालमा सरुवा रोग अनुसन्धान केन्द्र स्थापना गर्न ५ करोड,वादी समुदायलाई लक्षित गर्दै ३ करोड बजेट,कैलालीका ५ स्थानीय तहबाट धान खरिद गर्न २ करोड ३० लाख बजेट विनियोजन गरीएको छ।
यस्तै आर्थिक मामिला तथा योजना मन्त्री शाहले अस्पतालको स्तरउन्नती तथा सेवा सुधार गर्न २ अर्ब ४२ करोड ५८ लाख ९० हजार,मुख्यमन्त्री कृषि कार्यक्रमका लागि १६ करोड, सुदूरपश्चिम प्रदेश राजधानी निर्माणका लागि २ करोड ७२ लाख बजेट विनियोजन गरे।
बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ।अस्पताल स्तरोन्नति तथा सेवा सुधार वर्ष कार्यक्रम सञ्चालन गर्न २ अर्ब ४२ करोड ५८ लाख,कोरोना लगायतका महामारी रोकथाम र उपचारका लागि ९० करोड,विद्यालय सुधार कार्यक्रमका लागि एक अर्ब १७ करोड र महिला सशक्तीकरण कार्यक्रमका लागि ५ करोड बजेट विनियोजन गरिएको छ।
यस्तै कैलाश मानसरोवर प्रवेशद्धार निर्माणका लागि २० करोड ९० लाख, खप्तडमा पूर्वाधार विकास गर्न २ करोड ५० लाख,सशस्त्र द्धन्द्धमा पीडित र घाइते परिवारलाई रोजगार बनाउन १० करोड बजेट विनियोजन गरिएको छ।
चालू आर्थिक वर्षभन्दा झन्डै ३ अर्ब बजेट घटेर ल्याइएको हो।चालू आर्थिक वर्षका लागि ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गरिएको थियो। आगामी वर्षको बजेटमा पनि सुदूरपश्चिम प्रदेशका सांसदले ३ करोड खर्च गर्न पाउने भएका छन्।प्रत्येक निर्वाचन क्षेत्रमा प्रदेश पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्न तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको छ।
मन्त्री शाहले चालुतर्फ १० अर्ब ६६ करोड र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख बजेट विनियोजन गरेको बताएका छन्।चालू आर्थिक बर्षभन्दा झण्डै ३ अर्ब बजेट घटेर ल्याइएको जनाएका छन्।
प्रदेश सरकारले प्रदेशको राजधानी अत्तरियालाई तोकिसकेपछि गत बर्षपनि सम्भाव्यता अध्ययनको लागि भनेर केहि रकम विनियोजन गरिएको थियो भने यसपाली पनि बजेटले त्यहि कुरालाई जोड दिएको छ।
गत बर्ष कतीपय विकास निर्माणका योजनालाई पाईप लाईनकमा राखिएको भएतापनि यस बर्षको बजेटमा भने तीं सबै योजनाहरु अलपत्र पार्ने कार्यहरु भएका छन्।
प्रदेश सरकारले ल्याएको बजेटमा मानसरोवर जाने मार्गलाई अलि महत्वका रुपमा उठाइएको भएता पनि त्यस सडकका लागि पनि सम्भाव्यता अध्ययनमानै रकम दुरुपयोग हुने र सडक कहिले बन्ने भन्ने कुराको कुनै ठोष नीति पनि लिइएको देखिदैन।यस्तै हरेक विकास निर्माणका योजनाको सम्भाव्यता अध्ययन भन्दै बजेट छुटटाइएको भएतापनि त्यो रकम सहि ठाउँमा प्रयोग होला भन्नेमा अधिकाँशले शंका व्यक्त गरेका छन्।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया