बेच्ने ?

—यज्ञप्रसाद पाण्डे २०७८ असार १ गते २:४७ मा प्रकाशित

आफूसँग जे छ,त्यही त हो बेच्ने
जोगिन्छ कुर्ची भए भरको सोच्ने।

नदीनाला धेरै छन्,के कसरी सोच्ने ?
जे¬–जे कुरा धेरै छन् पटक–पटक बेच्ने।

हरिया पहाड छन्,हिमाल तराई थेग्ने ?
प्रक्रिया सुरु भो त हाताहाती बेच्ने

आफूसँग जे छ,त्यही त हो बेच्ने
जोगिन्छ कुर्ची भए भरको सोच्ने।

माटो हाम्रो मलिलो त्यो पनि बेच्ने ?
बेच्न त नबेच्ने,
बजेटमा हालेर बालुवाले छोप्ने।

आफूसँग जे छ,त्यही त हो बेच्ने
जोगिन्छ कुर्ची भए भरको सोच्ने।

स्वाभिमानि देश छ स्वाभिमानै बेच्ने ?
भो पर्दैन त्यो,अब भए भरको बेच्ने,

अध्यादेशमा भरेर ढक्क ढक्क बेच्ने
ढले मेरो कुर्ची म कसरी बाँच्ने ?

आफूसँग जे छ,त्यही त हो बेच्ने
जोगिन्छ कुर्ची भए भरको सोच्ने।

हामीसँग देश छ,छैन त्यो उम्कने ?
यो बेच्न त गाह्रो छ,
हीं हीं छाप ठोकेर
सम्प्रभुता सुम्पने।

आफूसँग जे छ,त्यही त हो बेच्ने
जोगिन्छ कुर्ची भए भरको सोच्ने

—यज्ञप्रसाद पाण्डे

सिरानचोक गाउ पालिका ७,गोरखा
हाल संयुक्त राज्य अमेरिका

प्रतिक्रिया