विराटनगर,२५ जेठ (रासस):नेपाल सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकका कोभीड–१९ विरुद्धको ‘भेरोसेल’ खोप लगाउने अभियान अन्तर्गत आजदेखि विराटनगर महानगरपालिकामा खोप लगाउने कार्य शुरु भएको छ।
महानगरपालिकाको १९ वडा कार्यालय मार्फत खोप लगाउन शुरु गरिएको हो ।सरकारले उपलव्ध गराइएको खोप विराटनगर महागरपालिकाले ६२ वर्ष माथिका जेष्ठ नागरिकलाई लगाइरहेको छ।विराटनगर महानगरमा उक्त खोप पाँच हजार ८४६ डोज आएको हो।महानगरपालिकाले ६२ वर्ष उमेर माथिकालाई लक्षित गरेर खोप लगाइरहेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा अधिकृत रमेश बताउनु भयो।
महानगरपालिकामा बुधबार ६० वर्ष माथिकालाई उक्त खोप लगाइने कार्कीले जानकारी दिनु भयो।प्रत्येक खोप केन्द्रमा तीन देखि चार जना कर्मचारी खटाइएको छ।प्रदेशका १४ जिल्लामा उक्त खोप ७० हजार नागरिकहरुलाई लगाउने लक्ष्य रहेको छ।
प्रदेशका १४ जिल्लामा खोप पठाउने काम सम्पन्न भएको प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु शाहले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशमा दुवै मात्राका लागि एक लाख ४० हजार ५०५ डोज खोप पठाएको छ।प्रमुख साहले दुवै पटकको खोपका लागि ताप्लेजुङमा तीन हजार ७०३,सङ्खुवासभामा चार ४००,सोलुखुम्वुमा दुई हजार ८८५,ओखलढुङ्गामा चार हजार २९१,खोटाङमा चार हजार ८४८,भोजपुर चार हजार ३४७,धनकुटामा चार हजार ८५३,तेह्रथुममा दुई हजार ८४६,पाँचथरमा पाँच हजार ५८१,इलाममा आठ हजार ८६२,झापामा २६ हजार ४१९,मोरङमा ३१ हजार १८५,सुनसरीमा २६ हजार १३२,उदयपुरमा १० हजार १५१ डोज खोप पठाइएको छ।
प्रतिक्रिया