नेपाल आइडल रवी ओडको ‘राजा रानी’ मा दिनेश र प्रियङ्गकाको रोमान्स (भिडियोसहित)

इनेप्लिज २०७८ जेठ १८ गते २:४६ मा प्रकाशित

काठमाडौं-नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका स्मिता दाहालको आवाजमा रहेको ‘राजा रानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।गीतमा शब्द भिम विसीको तथा संगीत र रिकेश गुरुङ्गको एरेन्ज गीतमा रहेको छ।भिडियोमा कविता श्रेष्ठ,रवी ओड,प्रियङ्गका सिबाकोटी र दिनेश विष्टको अभिनय रहेको छ।

टिपिकल शब्द संयोजनमा तयार पारिएको उक्त गीतको भिडियो निर्माणमा धेरै नै मेहनत गरेको देखिन्छ।दर्जनौं कोरस डान्सहरु सँगै सुन्दर ढंगबाट गीत तयार गरिएको छ।पवन सुस्लिङ्गको छायाँकन तथा सम्पादन दिनेश विष्टले भिडियोको निर्देशन छ।

‘राजा रानी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया