शास्त्र हराए संस्कृति हराउछ
संस्कृति हराए संस्कार !
संस्कार हराए पहिचान हराउछ
पहिचान हराए राष्ट्र
सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामय // नमो नम :
सुन्दर नेपालको परिकल्पना गर्नुहुने सबैलाई नमस्कार !
शान्ति र समृदीको लागि बाबा गोरक्षनाथको आदेशले भोजपुर – ९, कैलाश डाडामा शिव गोरक्ष मन्दिर, योग -ध्यान केन्द्र र बैदिक पाठशाला निर्माण गर्ने संकल्प गरेका हौ ! गोरखनाथ कल्याण केन्द्रको मार्ग निर्देशनमा चेतनशील जनसमुदायहरुको पहलमा यो बिशाल मन्दिरको शिलान्यास यहि फाल्गुन २७ गते भयो ! सिद्धकाली गौरी माताको छेउमा सिद्ध बाबा रहनु हुने उक्त मन्दिर ओमकार परिवार सबैको आस्थाको केन्द्र रहने छ । ८४ सिद्ध परम्परा अन्तर्गत बौद्ध समुदायहरुले ‘गोरक्ष पा’ भनेर गोरक्षनाथ लाई पुज्दछन भने किरातहरुले पारुहाङ्ग (महादेव), चाइनिजहरुले ‘पिन यिन’, ‘जापानिजहरुले दाइकोकुतेन’ भनेर वहि सद्गुरु गोरक्षनाथ शिव बावाको पूजा आराधना गर्दछन !
यदा यदा हि धर्मश्य ग्लनिर्भवति भारत
अभ्युत्थानम अधर्मस्य तदात्मानम सृजाम्यहम – भागवत गीता ४ । ७
अर्थात् , “जब जब भरत राजाको राज्य (भरतपुर को सेरोफेरो) मा अधर्मीहरु बढछन् वा पुण्य भुमि नेपालमा अशान्ति छाउदछ, म स्वयम् धर्म रक्षा र भक्तहरुको उद्दारको खातिर यस धर्तिमा पाइला टेक्दछु ” भनेर भगवान श्री कृष्णको दिब्य बाणीले भने झैँ शिवजी (स्वयम् नारायण) को अवतारी रुप बाबा गोरक्षनाथ छिटैनै यस पुण्य भूमिमा अवतरण गरेर राम राज्य स्थापित गरिदिनुहुने कुरा अवगत गराउन चाहन्छौ । यो हाम्रो अहो सौभाग्य पनि हो।
अफसोच ! स्वर्ग भूमि, देव भूमि, तपोभूमिमा अशान्ति छाएको छ । ‘बत्ति मुनि को अध्यारो ‘ भने झैँ बुद्धभूमिमा भुद्दुहरु भए, ज्ञान भुमिमा ज्ञानको अभाब भयो । शैतानी शक्तिहरुले राज गरे – निर्दोष मानिसहरु आक्रान्त छन् । न हावा शुद्ध न पानि शुद्ध – कोलाहल भित्र रुदैछन बुद्ध भने झै जताततै प्रदुषण र भद्रगोल मात्र छ। यस्तो बिकराल अवस्थामा परम शान्तिको लागी हामी ईश्वरको शरणमा गएर काम – कर्तब्य बोध र बैदिक ज्ञान लिनु अपरिहार्य भएको छ। ज्ञान र शान्ति को मुहान यस गोरक्ष राष्ट्रमानै अशान्ति भएपछी मानिसहरु अत्तालिएका छन् । जसरी पानीको मुहान सफा नगरीकन धारामा सफा पानी झर्दैन, त्यसैगरी मानब सभ्यताको उद्गमस्थल – बिश्वको श्रीपेच नेपाल राष्ट्मा शान्ति पूजा नगरे विश्वमा शान्ति कायम हुन सक्दैन। त्यसैले सर्ब प्रथम शान्तिको बिजारोपण गर्न तथा ईश्वरीय शक्ति आब्ह्वान् गर्न बैदिक मन्दिर स्थापना गर्नु परेको हो।
जसरी इन्टरनेटले ध्वनि तरङ्ग लाई एकत्रित गरि हाम्रो मोबाइलमा सूचना प्रदान गर्दछ, ठिक त्येसैगरी शिखर शैलीमा बनेको शिव गोरक्ष मन्दिरले ब्रम्हाण्डीय उर्जालाई एकत्रित गरि प्रकृति र मानब चेतनामा शुद्धिकरण ल्याउदछ ! फलस्वरूप सबैमा सकारात्मक (सर्बजन हिताय) को सोच पैदा हुन थाल्दछ । जसरी आकाश बाट पानी परेपछी धुवा-धुलो हटेर बातावरण शुद्ध हुन्छ, ठिक त्येसैगरि सौर्य उर्जा, वायू उर्जा र धर्तिको उर्जा शुद्धिकरण भएपछी मात्र प्रकृति शुद्ध हुन्छ ! त्येसैले, सौर्य उर्जा शुद्धिकरणको लागि सिन्धुलीको कुशेश्वरमा, वायू उर्जा शुद्धिकरणको लागि शिखर कोट पालुङ्गमा र धर्तिको उर्जा शुद्धिकरणको लागि धुनिबेसी धार्केमा शिखर शैलीको शिव – गोरक्ष मन्दिर निर्माण गरिसकेका छौ ! स्मरण रहोस, ब्रह्मा जी र बिष्णु जी ले पनि तपस्या गर्नु भएको कुशेश्वर धाम (पहिलो ज्योतिर्लिङ्ग उत्पति भएको ठाउँ) मा दैविक उर्जा प्रकट हुदा दोलखाको भीमसेन लाई पसिना आउने, हलेसीमा आफै घन्टी बज्ने, सिध्दकाली भोजपुरमा बाघ कराउने र पाथिभरामा ठुलो हावा हुरी आउने गर्दछ ! सुद्रिढ राज्य व्यवस्थाको संकल्प स्वरुप गोरखामा र दैवीक शक्ति संचय गर्नलाई रुद्राक्ष भुमि भोजपुरमा शिव गोरक्ष मन्दिर निर्माण गर्नु परेको कुरा जानकारी गराउदछौ ।
भोजपुरलाई सिरुपाते खुकुरी, मादल र करुवा ले मात्र चिन्दथे ! तर अब सारा संसारले भोजपुर (सिद्धिपुर) लाई रुद्राक्षको भुमि, प्राचिन हरिद्वार, योगी पतंजली प्रकट हुनुभएको हिमवत खण्ड, धन्वन्तरि देवले अमृत-घडा मन्थन गर्नु भएको क्षीरसागर (दुध कोशी ) र पारुहाङ्ग – सुम्निमा को पबित्र भुमि हो भनेर चिन्ने छन् । रुद्रको अक्ष (रुद्रको आसु) भुइमा खसेर पृथ्वीको पहिलो रुख ‘रुद्राक्ष’ उम्रिएको यो पबित्र भूमि ऋषीमुनीहरुको तपोभूमि हो । भोजपुर जिल्लाको सेरोफेरोबाट देखिने सगरमाथा, मकालु, कन्चंजंगा हिमसृन्खलाको मनोरम दृश्य र ट्याम्के-मयुको नागीमा फुल्ने गुरास जंगलले तस्बिरले ‘धर्तिको स्वर्ग’ झैँ आभास हुन्छ । त्यसैले भोजपुरलाई रुद्राक्ष भूमि, ज्ञानभूमि, देवभूमि – अध्यात्मि गन्तब्यस्थलको रुपमा चिनारी गराउनु हाम्रो परम कर्तब्य हो । बिडम्बना ! यस्तो विश्वकै आध्यात्मिक गन्तब्यस्थल लाई हामीले चिन्न सकेनौ । कुचिएको बाटा बेचेर रतन टाटा बन्यो, खिया लागेको पित्तल बेचेर मित्तल बन्यो तर हामीले हिराको डल्लो चिन्न सकेनौ – दुख लाग्छ । कुबेरले धनको पोको माथि बसेर भिख मागे जस्तो स्थिति भयो – चित्त दुख्छ। त्येसैले, धार्मिक पर्यटन को प्रबर्दन गरि भोजपुरको गौरब बढाउनुको लागि थोरै मुठी फुकाई दिनुहुन अनुरोध गर्दछु ।
थोपा थोपा बटुलेर घैला भरिन्छ रे
सुकी सुकी संगालेर थैला भरिन्छ रे
सु- मनहरु बटुलेर मन्दिर बन्छ हजुर
रुद्राक्ष भुमिकै जय-बिजय हुन्छ हजुर
यो गुरु योजनाको कुल लागत ३ करोड ३३ लाख अनुमान गरिएको छ। हजुरहरुले रु ९९९ / रु ५४०० / रु १८,००० / रु ३६,००० / रु ५४,००० / रु १०८, ००० मध्ये कुनै एक धनरासी छानेर निम्न लिखित बैंकको खातामा पठाउनुहोला र E-mail / Facebook मार्फत रसिद लिनुहोला ।
खातावाला को नाम : SADHGURU GORAKHANATH SHIV MANDIR
बैंक को नाम : MACHHAPUCHCHHRE BANK LIMITED
बैंक खाता नम्बर : 89-01-524-100748-51- 6 ( NPR Current Account )
सम्पर्क फोन —- : 9852023960 ( डम्बर जी) / 9851013865 ( रोशन जी) / 9856025232 ( राजेश जी ) / 9852055570 (नबिन जी )
…..भनिन्छ “स्वर्गको निर्माण देवताहरुको हातबाट मात्र सम्भव हुन्छ” त्यसैले हामी देवत्वहरुको खोजिमा छौ।राष्ट्र संकटको घडीमा छ,हामी सपुतहरुको खोजीमा छौ ।यसो गम्नुस त – हामीले नगरे कसले गर्ने,अहिले नगरे कहिले गर्ने ? हामी सबै संग हनुमान को शक्ति अन्तरनिहित नै छ – अहिले नदेखाए कहिले देखाउने? मरेपछि साथमा जाने मात्र दुई चिज – धर्म र कर्म हुन्।उसभने एकपटक आखा खोल्नुस,परिस्कृत भएर पबित्र मनले हातका मुट्ठीहरु फुकाइदिनुस त !”जननी जन्म भुमिश्च स्वर्गदपी गरियसी” भनेर भगवान रामको अमृत बाणीलाई मनन गर्दै सम्पूर्ण शान्तिप्रेमी -राष्ट्र प्रेमीहरुलाई गोरक्ष धाम भोजपुर निर्माण गर्ने हाम्रो पबित्र कार्यमा सहभागिता जनाइँ दिनु हुन हार्दिक अनुरोध गर्दछौ।आउनुस यो हाम्रो साझा सपना लाई आकार दिऔ।यसको लागि प्रकृतिको उत्कृष्ट सिर्जना बुझ्ने कोमल मन र नेपाल देख्ने सुन्दर आखा भए पुग्छ।
समर्पण ले प्रेम शुद्द, भक्तिले भवना शुद्ध
साकाहारी भोजनले शरीर – समबेदना शुद्ध
दानले धन शुद्ध अनि ध्यानले मन शुद्ध
हवनले पवन शुद्ध र सतसंगले ज्ञानं शुद्ध
AUM NAMA SHIVAYA – GORAKH BHAJAN
ॐ तत्सत ! ॐ शान्ति ! ॐ आदेश !
प्रतिक्रिया