कोराना

हरिकृष्ण सिलवाल नमोबुद्ध नगरपालिका ४, काभ्रेपलाञ्चोक २०७८ जेठ ११ गते ११:१८ मा प्रकाशित

ए कोराना !
सबै लागिस् सोर्न

विश्वभरि घुम्दै
मन परी चुम्दै

तँलाई छैन दया
ए निष्ठुरी भैया

अत्याचार गरिस्
सारा सखाप पारिस्

ए कोराना !
सबै लागिस् सोर्न

कति छैन दया
ए कोरोना भैया ।

– हरिकृष्ण सिलवाल
नमोबुद्ध नगरपालिका ४, काभ्रेपलाञ्चोक

 

कवि परिचय :
काभ्रेपलाञ्चोक जिल्ला मेथिनकोट गाविस वडा २ मा जन्मी त्यहाँको वस्तुस्थितिलाई नजिकबाट अंगाली आफू एक साधारण जागिरे -पेशामा संलग्न भई हरपल साहित्य सिर्जनामा तल्लिन व्यक्तित्व हुन्–हरिकृष्ण सिलवाल।उहाँ आफ्नो पारिवारिक समस्या र आर्थिक कमजोरीले गर्दा यथेष्ट रुपमा आफ्नो कृतिहरु छपाउने भएको छ।वि.संं २०२८ सालमा मेरो कल्पना कविता संग्रह,वि.सं. २०५८ मनैभरि माया गीतिकविता संग्रह र वि.सं. २०५९ मा ‘तिमी हामी साथी’ बालकविता संग्रह प्रकाशित छन्।उहाँका कविता र लेखरचना राष्ट्रियस्तरका दैनिक,साप्ताहिक एवं मासिक पत्रपत्रिकामा समेत प्रकाशित छन्।

 

प्रतिक्रिया