काठमाडौं,जेठ १०।‘ब्याकुली,तिमी र म घुम्न जाउँ न’ गीत सार्वजनिक भएको छ।मेलिना राई,एलिना चौहान,अजय कार्की र अभिनाश थापा मगरको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
अजय कार्कीकै शब्द,सङ्गीत तथा कम्पोज र सिर्जना खत्री ‘हाउडे माया’को र्याप छ गीतमा।किशोर थापाको माष्टरिङ तथा मिक्सिङ रहेको गीतको भिडियोमा रामकुमार केसीको निर्देशन छ।मनोज वलीको कास्टिङ रहेको भिडियोमा राजिव सुनारको कोरियोग्राफि छ।
भिडियोमा पल शाह,उशा उप्रेति,सुप्रिया खनाल र रञ्जित सिंजाली मगरको नृत्य तथा अभिनय रहेको छ।रामकुमार केसीको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ।
गीतकार दर्पण राईको टेक्निकल सल्लाह रहेको गीतको भिडियो एमएमएस इन्टरटेन्मेन्टको युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ।
अजय र रञ्जितले निर्माण गरेको गीतको भिडियो उत्कृष्ट बनेको छ।‘हामी सबैको मिहिनेतले एउटा उत्कृष्ट गीत र भिडियो स्रोता÷दर्शकमाझ प्रस्तुत गरेका छौ, सबैको साथ सहयोग र माया पाउनेमा आशावादी छौं’,अजय र रञ्जिले भने।
प्रतिक्रिया