हे भगवान नेपालमा दोस्रो कोरोना कहर भयो

शारदा क्षेत्री २०७८ जेठ ३ गते २१:५८ मा प्रकाशित

 

१ ) हे भगवान नेपालमा दोस्रो कोरोना कहर भयो ।।
कहाली लाग्दो दर्दनाक भयावहको जहर भयो ।।
अक्सिजन, औषधी छैन हस्पिटलमा बेड छैन रे ।।
फेसबुक खोल्दा न्यूज सुन्दा दु:खदायी प्रहार भयो।।
२)
बिदेशी सामाजिक अभियन्ताहरूले ठूलो सहयोग गरे ।।
खाडीमा रगत पसिना बेचेर पनि राम्रो धर्मको काम गरे ।।
मुरी मुरी सलाम छ ठूलो मन धर्म भएका नेपालीलाई ।
भ्रष्टे नेताहरूको मन मस्तिष्कमा ओहो भन्ने नाम भरे।।
३)
मनहुस नेताहरुलाई आफ्नै पद जोगाउने को हतारो छ
सबैलाई को को कुन आफ्ना आफूतिर राख्ने भन्ने चटारो छ
सोच पहिले जनता जोगाउ अनि भोट पाएर कुर्सी पाउँछौं
देख्दैनौ दूर;दराज देखि सहर सम्म मृत्यु वरणको पसारो छ

प्रतिक्रिया