गजल —मित्र ‘उराठी’ गौतम

—मित्र ‘उराठी’ गौतम २०७८ जेठ १ गते १३:१५ मा प्रकाशित

तराइ,पहाड जहाँ जान्छु आफ्नै देश हुन्छ ।
तर हरेक ठाउँ नौलो परिवेश हुन्छ ।।
हुनु नपर्ने हो कोहि आफ्नो पराई यहाँ,
सबको रुप रङ्ग उस्तै कालो केश हुन्छ ।।
संस्कृती र परम्परा भिन्न भिन्न हाम्रा,
त्यसैले त सायद फरक भाषा भेष हुन्छ ।।
विविधतामा एकताको विचार हुनु पर्छ,
नाता सवै टुट्यो भने के नै शेष हुन्छ ??
वशुधैव कुटुम्बकम् आदर्शलाई हामी,
शिरोपर गरी बाँचौं यहि वेश हुन्छ ।।
….अस्तु….
अमरपुर, गुल्मी
हालꓽ बुटवल

 

 

प्रतिक्रिया