काठमाडौ । करिब करीब फुटको संघारमा पुगेको नेकपा एमालेलाई एकताबद्ध बनाउन अन्तिम प्रयत्न स्वरुप पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधब नेपालबीच बिहीबार साढे चार घण्टा भएको बार्ता सहमति नजिक पुगेको छ ।
नेताहरुबीच सहमति नजिक पुगेपछि तत्कालका लागि बरिष्ठ नेता नेपाल पक्षले दिने तयारी गरेको सामुहिक राजीनामा पनि टरेको छ । बरिष्ठ नेता नेपालले ०७७ जेठ २ कै स्थितिमा कसरी पुग्ने भन्ने बारेमा छलफल गर्दै जाने सहमति भएको बताउनुभएको छ ।
जेठ २ कै स्थितिमा पाटीलाई क्रियाशील बनाउने गरी सहमति भएको र त्यसका लागि सुवास नेम्वाङ, भीम रावल , बिष्णु पौडेल , शंकर पोख्रेल , घनश्याम भुसाल , सुरेन्द्र पाण्डे;गोकर्ण बिष्ट सहितको कार्यदल बनाउने कुरा भएको बुझिएको छ ।
बरिष्ठ नेता नेपाल पक्षले बिहिबार ४ बजे सम्म सहमति नभए राजीनामा दिने गरी आफनो पक्षका सांसदहरुको हस्ताक्षर सहितको राजीनामा पत्र बरिष्ठ नेता नेपालकै साथमा थियो । बरिष्ठ नेता नेपाल पक्षका सांसदहरुले तत्काल राजीनामा नदिने भएपछि बहुमतको सरकार बन्ने सभावना पनि टरेको छ । अब पुन ओलीकै नेतृत्वमा अल्पमतको सरकार बन्ने सभावना बढेको छ ।
पार्टी भित्र देखिएका समस्या र दुबै पक्षका नेतालाई समेटने गरी अगाडि बढ्न कार्यदल गठन गरिने बुझिएको छ । किनकि नेपाल पक्षले केही दिन अगाडि नै सहमतिका लागि ६ बुदे प्रस्ताब राखेको थियो ।
त्यसअघि बार्ताका लागि बरिष्ठ नेता नेपाल पक्षको स्थायी कमिटीको आजै बसेको बैठकले २०७५ जेठ २ को अबस्थामा पार्टीलाई पुरयाउने र त्यसपछि भएका निर्णय खारेज गरेमा सहमति हुने निष्कर्ष निकालेको थियो ।
नेपाल पक्षको स्थायी कमिटीको बैठक अघि अध्यक्ष ओली पक्षको बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले बरिष्ठ नेता माधब कुमार नेपाल , उपाध्यक्ष भीम रावल , उपमहासचिब घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता गर्ने निर्णय गरेको थियो । सो बैठकले बरिष्ठ नेता नेपालसंग बार्ता र सबाद गरी सहमति कायम गर्न सम्पुर्ण अधिकार पार्टी अध्यक्ष ओलीलाई दिएको थियो । । कारबाही फिर्ता लिएपछि बार्ताको बाताबरण बनेको थियो ।
सर्बोच्च अदालतले एकीकृत पार्टीलाई पहिलेकै अबस्थामा पुरयाई एमाले र माओबादीको रुपमा परिणत गरेपछि अध्यक्ष ओली पक्ष र बरिष्ठ नेता नेपाल पक्षका छुट्टा छुट्टै बैठक भेला हुदै आएका थिए । बरिष्ठ नेता नेपाल पक्षले देशभरि समानान्तर कमिटी पनि बनाएको थियो ।
सर्बोच्च अदालतको निर्णय पछि अध्यक्ष ओली पक्षले बरिष्ठ नेता नेपाल पक्षलाई सहभागी नगराई गत फागुन २८ गते बिभिन्न निर्णय गरेपछि नेपाल पक्ष आक्रोशित भएको थियो । नेपाल पक्षले पार्टीलाई एकताबद्ध बनाउन २०७७ फागुन २८ को एकलौटी निर्णय फिर्ता गरी माआबादीसंग एकता हुनु अघि जेठ २ को अबस्थामा पार्टीलाई लैजानुपर्ने अडान राख्दै आएको छ । स्मरणीय छ २०७५ जेठ ३ गते माओबादी र एमालेबीच एकता भएको थियो । तर सर्बोच्च अदालतले एकता नै खारेज गरिदिएपछि एमाले र माओबादी पुर्बवत अबस्थामा फर्किएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यहि बैशाख २७ गते संसदबाट बिश्वासको मत गुमाएपछि राष्ट्रपति बिधा भणडारीले आजै साझ ९ बजे सम्म दुइ वा सो भन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्तिका लागि प्रस्ताब आह्वान गर्नुभएको छ । सोही बमोजिम नेपाली काग्रेस , माओबादी केन्द्र र जसपाको उपेन्द्र यादब र डा बाबुराम भट्राई पक्षको समर्थनमा सरकार बनाउन प्रयत्न गरिएको थियो तर जनता समाजबादी पार्टीका महन्त ठाकुर र राजेन्द्र महतो काग्रेस माओबादी गठबन्धनमा जान तयार नभएपछि बहुमतको सरकार बनाउन संख्या पुगेन ।
जसपाका महन्त ठाकुर र राजेन्द्र महतोले आफनो पक्षका १३ जना सांसदहरुलाई भक्तपुरको रिसोर्टमा लगेर राखेको छ । छलफल गर्ने भन्दै लगेपनि यताउती लाग्न सक्छन भनेर रिसोर्टमा लगेर राखेको बताइएको छ । सो रिसोर्टमा राख्ने प्रबन्ध एमालेका ओली पक्षीय युवा नेता एवं सांसद महेश बस्नेतले गरेका हुन
प्रतिक्रिया