दिपेन्द्र खड्काको शब्द सन्तोष फागो को ” ए माच्छी जालैमा ” सार्वजनिक

इनेप्लिज २०७८ वैशाख ३० गते ३:४३ मा प्रकाशित

बैदेशिक रोजगारको सिलसिलामा स्वदेश छोडेर विदेश पलयान भए पनि गीत संगीतलाई निरन्तरता दिने माया गर्ने गायक सन्तोष फागो को प्रस्तुतिमा पुर्बेली गीत ” ए माच्छी जालैमा ” स्टुडियो भिडिओ रिलिज भएको छ।गीतको शब्द दिपेन्द्र खड्काले लेख्नु भएको हो भने गीतको लय स्वयं दिपेन्द्र खड्का र सन्तोष फागो को रहेको छ।

गीत लाई गायक तथा संगीतकार कृष्ण भक्त राई ज्युले संगीत एरेन्ज गर्नु भएको छ।मेल स्वर सन्तोष फागोको रहेको छ भने।फिमेल स्वमा चर्चित गायीका सुनिता थेगिमले दिनु भएको छ।मुस्कान मुकारुङ्गको मिक्सिंग मास्टर रहेको छ।स्टुडियो द्वय किङ्ग स्टुडियो र सेवा रेकर्ड स्टुडियो मा छायांकान र रेकर्डको काम सम्पन्न गरिएको छ।फिमेल स्वरको मिक्सिंग मास्टर मुस्कान मुकारुङ्गले गर्नु भएको हो भने मेल स्वर क्बेज स्टुडियोमा रेकर्डर पाउल चेरिन ले गरेका हुन् भने भिडिओ बिरेन मादेन ले खिचेका हुन्। सिमिक्लुंग दर्पण युट्युब च्यानल बाट गीत प्रसारण गरिएको छ। गीतको सम्पादन मनोज राईले गरेका हुन्।

प्रतिक्रिया