राप्ती पारीका किसान भारतीय बजारमा दूध निर्यात गर्न बाध्य

इनेप्लिज २०७२ असार २४ गते ३:१५ मा प्रकाशित

नेपालगन्ज, २४ असार । बाँके जिल्ला राप्ती नदी पारीका केही गाविसका किसान भारतीय बजारमा दूध निर्यात गर्न बाध्य छन् ।

नेपालगन्ज बजारसम्म सहज यातायातको सुविधा नभएका कारण जिल्लाको राप्ती नदी पारीका केही गाविसमा उत्पादित दूध सीमापारी भारतीय बजारमा निर्यात हुने गरेको किसान बताउँछन् ।

राप्ती पारीका बैजापुर, काँलाफाटा, लक्ष्मणपुर, गङ्गापुर, बिनौना, मटहैया, कटकुईया र नरैनापुर गाविसका किसान भारतीय बजारमा दैनिक एक हजार लिटरभन्दा बढी दूध बिक्री गर्न बाध्य छन् ।

“‘यातायातको सहज पहुँच नभएका कारण कृषकले भारतीय बजारमा दूध बिक्री गर्नुपरेको हो” कृषक मुन्ना यादवको दुःखेसो छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार नेपालगन्जमा आवश्यक पर्ने दैनिक करिब २० हजार लिटर दूधमध्ये हाल करिब १५ हजार लिटर मात्र उपलब्ध गराउन सकिएको छ ।

प्रतिक्रिया