दुई शब्द – मुक्तक – आमा

शारदा छेत्री  २०७८ वैशाख २८ गते १३:१२ मा प्रकाशित

१)
संसारमा आमा शब्द नै अनमोल वाणी हुन्छ !!
उनको माया अपरम्पार अमूल्य खानि हुन्छ !!
ईश्वर खोज्न मन्दिर धाउन पर्दैन बुझ सबैले !
आमा भएको घर स्वर्ग जस्तै बहुमूल्य माने हुन्छ !!
२)
पुग्दैन कर्तव्य हे जन आमाको मुख हेरेर एकदिन !
खुसी बनाउन मीठो खाना नाना फेरेर एकदिन !!
मीठो बोल दिनु पर्दैन अमूल्य खजाना उनीलाई !
जन्म दिने आमाको रिन सक्दैनौं तिरेर एकदिन !!
३)
आमा हुनेहरू खुसी खुसी मा रमाउँदै आज !
आमाले दिएको मायाको हात समाउँदै आज !!
आफू त पहिले आम गुमाएको परियो हजुर!
बस्नु पर्छ सम्झनामा आँखामा आँसु थमाउदै आज !!

रचना :-शारदा छेत्री
चितवन भरतपुर
हाल अमेरिका न्युयोर्क

प्रतिक्रिया