रौतहट,अमेरिकी स्रष्टा साँझले नेपाली साहित्यको लघुकथा वाचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।साँझका सभापति प्रभात दीक्षितले समापन मन्तव्य दिँदै शताब्दियौँ देखि महिलालाई निरीह तथा सहानुभूतिको पात्रको रुपमा साहित्यमा प्रयोग गर्दै आएकोमा नारीको सम्मानजनक तथा सशक्त प्रस्तुति गर्न आग्रह गरेका छन्।साहित्यकार दीक्षितले नारीलाई शक्ति तथा परिवर्तनकारी भूमिकामा प्रस्तुत गर्न पनि सर्जकहरुलाई आग्रह गरेका छन्।
जूम प्रविधिबाट भएको कार्यक्रममा अमेरिका,नेपाल,मलेसिया,स्पेन आदि देशबाट साहित्यकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अनुग्रह राना मगर, राजु क्षेत्री अपुरो,रन्जुश्री पराजुली,ललिता दोषी,नारायण तिवारी मन्दिरा मन्जुश्री, निर्मला बरा,ममता मृदुल,विक्रम याक्खा,रचना शर्मा,श्रद्धा पौडेल,सत्या अधिकारी,शारदा पौडेल,सीता विष्ट कार्की,मिश्रु श्रेष्ठ थपलिया,पवन बुढाथोकी, तीर्थ अधिकारी, सञ्जय साह मित्रले लघुकथा वाचन गरेका थिए।
कार्यक्रममा वाचित हरेक लघुकथाको छुट्टाछुट्टै समीक्षा पनि गरिएको थियो। कार्यक्रमको सहजीकरण साहित्यकार विश्वराज अधिकारीले गरेका थिए।स्रष्टा साँझ अमेरिकाले निरन्तर विभिन्न विधामा अन्तक्र्रियात्मक कार्यक्रम संचालन गर्दै आएको छ।
प्रतिक्रिया