बाँचेको छु म तिम्रै यादमा
यो एक्लो निरास शहरमा
तिमि बाहेक कोही छैन यो नजरमा!
बिश्वास गर्नु त्यो दिलमा
मेरो लागि ठाउँ भए
नजिक आउ न प्रिय बाच्न गाह्रो
हुन्छ तिमि टाढा भए
राजधानीको यो भीडभाड शहरमा
खोइ कस्को छैन आधार
दुनियासँग जोगिएका यि नयन
त्यो नजरमा ठोकियो तिम्रै छ भर
सक्दिन होला तिम्रो लागि
ताजमहल बनाउन
तत्पर छ यो मन किन किन
तिम्लाई यो मन मुटुमा सजाउन
घाम बनेर आउ न प्रिय
घायल यो दिलमा मलम लगाइ देउ
जुन बनेर आउ न पृय
अँध्यारो यो रातमा जुनको
ज्योति छरि देउ!
प्रतिक्रिया