पुराना लोकगायक नबिन ढुङ्गेल र नबराज घोरासैनी ‘चन्द्र कुमारी’ लिएर आए (भिडियो)

इनेप्लिज २०७८ वैशाख १० गते २१:५८ मा प्रकाशित

काठमाडौं।‘चन्द्र कुमारी’ बोलको गीतको भिडियोसहित बजारमा आएको छ।गीतमा पुराना लोक श्रस्टा नबिन ढुंगेल,नबराज घोरासैनी,मंजु गौतम र मनिषा घोरासैनीको रहेको ।

गीतमा नबराज घोरासैनीको शब्द,नबिन ढुंगेलको सङ्कलन र कमल सौरागले संगीत संयोजन रहेको छ।गायक ढुङ्गेल तथा घोरासैनीको यो पहिलो सहकार्य पनि हो।

सन्तोष राजबाहकको कोरीयोग्राफी रहेको भिडियोलाइ राज के.सीले निर्देशन गरेका छन। भिडियोमा बिक्रम नेपाली र पूजा नाथको अभियनय रहेको छ।

राम कुमार के.सी.ले छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन र कलर गरेका छन्।

यस म्युजिक भिडियो नबराज घोरासैनीले आफ्नो अफिसियल युट्युब च्यानल मार्फत् सार्बजनिक गरेका हुन्।

प्रतिक्रिया