हेमचन्द्र पोखरेलको बारेमा पुस्तक प्रकाशित

इनेप्लिज २०७८ वैशाख ९ गते २१:१४ मा प्रकाशित

लन्डन,२२ अप्रिल,२०२१‘नेपाली साहित्याकाशमा हेमचन्द्र पोखरेल’कृतिको भर्चुअल माध्यममा अन्तक्र्रिया सम्पन्न भएको छ।वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार धीरकुमार श्रेष्ठद्धारा लिखित उक्त पुस्तक समकालीन साहित्य प्रतिष्ठान बेलायतले प्रकाशन गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि प्रा.राजेन्द्र सुवेदीले उक्त कृति स्रष्टापरक समालोचना भएको बताउनु भयो।हेमचन्द्र पोखरेल अद्भुत प्रतिभाको धनी र कवितामै कुरा गर्न सक्ने उहाँको खुबी रहेको जानकारी दिनु भयो।

प्रा.डा.गोविन्दराज भट्टराईले उहाँ राष्ट्रको गौरव हुनुहुन्थ्यो भन्नु भयो।प्रा.डा. माधवप्रसाद पोखरेलले हेमचन्द्रको अथाह प्रतिभाको जानकारी दिँदै धेरै भाषामा उहाँको पकड रहेको बताउनु भयो।

प्रा.डा.कुमारप्रसाद कोइरालाले हेमचन्द्र पोखरेल देवकोटालाई बुझ्ने औंलामा गन्न सकिने व्यक्ति मध्येको एक हुनुहुन्थ्यो भन्नु भयो।लेखक श्रेष्ठले पुस्तक मार्फत उहाँलाई न्याय गर्नु भएको बताउनु भयो।

डा.लेख निरौलाले महान साहित्यिक प्रतिभा पोखरेलको विभिन्न कोणबाट पुस्तकमा विश्लेषण गरिएको बताउनु भयो।साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले उहाँ जस्तो विद्वानलाई राष्ट्रले चिन्न नसकेकोमा दुःख व्यक्त गर्नु भयो।

 

 

पुस्तकका लेखक धीरकुमार श्रेष्ठले हेमचन्द्र पोखरेल जस्तो विशिष्ट प्रतिभाका बारेमा एम.ए.नेपालीमा आफूले गरेको थेसिसलाई परिमार्जन गरेर पुस्तक प्रकाशन गर्न पाउँदा आफूलाई खुसी लागको बताउनु भयो।

उक्त कार्यक्रममा प्रा.डा. खेमनाथ दाहाल, डा. शिव गौतम, भारती गौतम, डा. विदुर चालिसे,डा.सावित्री श्रेष्ठ,रमेश खकुरेल,पशुपती पराजुली ‘सालघारी’,कोमल पोखरेल,दीपक पोखरेल आदिले आआफ्नो विचार राख्नु भएको थियो।

पुस्तक अन्तक्र्रिया कार्यक्रम समकालीन साहित्य प्रतिष्ठान बेलायत अध्यक्ष कृष्ण बजगाईंको सभापतित्वमा सम्पन्न भएको थियो।उक्त कार्यक्रम नेत्र न्यौपानेले संचालन गर्नु भएको थियो।

 

प्रतिक्रिया