गजलः टाउको फोड्छौ

-मित्र ‘उराठी’ गौतम ,गुल्मी २०७७ चैत १६ गते ९:४८ मा प्रकाशित

के स्वार्थले नजिक आउँछौ र सम्बन्ध जोड्छौ ?
फेरि के रसायन मिल्दैन र नाता तोड्छौ ??

नजिकिंदा मधुर वाणी र निश्वार्थ व्यवहार देखायौ ।
अपेक्षा के पुरा भएन र बाटो अन्तै मोड्छौ ??

हरपल तिम्रै सेवा चाकरी त कहाँ गर्न सकिन्छ र ?
पिपल पाते रहेछौ र त चटक्कै मित्रता तोड्छौ ।।

हुर्कंदै थियो, झाँगिदै थियो सम्बन्धको विरुवा त्यो ।
मलजल गर्नु त कता कता लुकेर जरा पो गोड्छौ ।।

सुनिन्थ्यो युद्धमा हुन्छन् रे यस्ता रणनीतिहरु,
अवलम्बन गर्न तम्सियौ,ढाड टेकि टाउको फोड्छौ ।।
—अस्तु—

-मित्र ‘उराठी’ गौतम
[email protected]
अमरपुर,गुल्मी

 

प्रतिक्रिया