तिम्रा बा सबेरै ,
झिसमिसे मै
आखा मिच्दै
तिमी विउझिने हो की भनेर
विस्तारै विछ्यौनाबाट उठेर,
खुट्टाको पन्जाले मात्र टेकेर
हतार हतार विरालोको चालमा
कालो झोलामा केही खानेकुरा बोकेर
कालो सानो टुम्लेटमा कफी भरी
प्रत्येक दिन बाहिर निष्कन्छ ।
राती कहिले
तिमी सुतिसकेपछी ,
कहिले अलि छिटो आएर
हतार हतार सरसफाई गरी ,
तिमीसंग खेल्न आतुर हुदै
एकैछिन खेलेपछी
तिमी एकैछिनमा निदाउछौ ।
सायद तिमीलाई लाग्दो होला,
यो बाबा म संग किन सधै हुदैन ?
म संग किन सधै खेल्दैन ?
म संग दिनभरी किन हुदैन ?
यि सबै तिम्रो सुन्दर जिवन,
सुन्दर भविष्य ,
र असल जिनवको लागी
बाबा झिसमिसे मै
खेताला जानुपर्छ ,
बोनी गर्न निस्कनु पर्छ ।
यो नै यथार्त हो ।
मानिस सामाजिक प्राणी हो ,
आफ्नो मात्र परिवार ,
आफ्नो सुतिखेती मात्र,
आफ्नो काम मात्र गरेर बस्यो भने ,
मानिस सामाजिक हुन सक्दैन ।
त्यसैले तिम्रो सुन्दर भविश्य ,
तिम्रो सबै उर्जाहरू
अरूकै लागी ,
देश , समाज र दुनियाको
न्याय , समानता र मुक्तीको लागी
लड्ने छौ , जाग्ने छौ ।
त्यस्तो उर्जावान छोरी बनाउन
आज पनि तिमी
सुतिरहेको मौकामा
विस्तारै घरबाट कालो झोला बोकेर
बाहिर निस्के ।
बाहिर सितल रहेछ ।।
प्रतिक्रिया