गुरुप्रसाद मैनाली कथा पुरस्कार

इनेप्लिज २०७७ चैत १२ गते ११:२६ मा प्रकाशित

साहित्यिक पत्रकार सङ्घले २०७७ सालको मैनाली कथा पुरस्कार वरिष्ठ कथाकार विन्द्या सुब्बा (दार्जिलिङ)लाई प्रदान गर्ने निर्णय गरेको छ।सङ्घका महासचिव पुष्पा खनालद्वारा प्रेषित पत्रमा उक्त कुराको सूचना दिइएको छ।कथाकार सुब्बाका कथाक्रम (१९८४), हस्पिस (२००३), शीतलहर (२०१३) कथाकृतिहरूलगायत दर्जनौँ कृतिहरू प्रकाशित रहेका छन । सुब्बाले दियालो, अगमसिंह गिरी, साहित्य अकादमीलगायत अनेकौँ पुरस्कार र सम्मानहरू पाउनुभएको छ।

नगद रू.एक लाख एक हजार नगदसहितको मैनाली कथा पुरस्कार आधुनिक नेपाली कथाका प्रवर्तक गुरुप्रसाद मैनालीको नाममा वि. स. २०३८ सालमा कथाकारहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले उहाँका सुपुत्रहरू डा. सुशील, राजेन्द्र, अम्बिका र डा. माधव मैनालीको सक्रिय सहयोगमा स्थापना भएको हो।

यो वर्ष कथाकार सुब्बालाई दिइने निर्णय सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो।मैनाली कथा पुरस्कारबाट यसअघि कथाकारहरू विश्वम्भर चञ्चल, जगदीश घिमिरे, प्रेमा शाह,खगेन्द्र सङग्रौला,मनु ब्राजाकी,मोहनराज शर्मा,माया ठकुरी,कुमार ज्ञवाली, भाउपन्थी,पद्मावती सिंह,भागिरथी श्रेष्ठ,राजव, किशोर पहाडी,सनत रेग्मी, सन्तोष भट्टराई, मुरारी अधिकारी, इन्दिरा प्रसाई,ध्रुव सापकोटा,नगेन्द्रराज शर्मा,नारायण ढकाल,माधव भँडारी,गोविन्द गिरी प्रेरणा,गोपाल पराजुली,महेशविक्रम शाह,इस्माली, विनाश श्रेष्ठ,नयनराज पाण्डे,राजेन्द्र विमललगायत पुरस्कृत भइसकेका छन्।

प्रतिक्रिया