रंगशालामा ऋण लागेर धुर्मुस रुदै निस्किए पछी मजदुरले बाटो खर्च दिएको हेरेपछी (भिडियो सहित)

इनेप्लिज २०७७ चैत ११ गते १०:०५ मा प्रकाशित

चितवनमा निर्माण हुँदै गरेको वहुप्रतिक्षित अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक अभाव सिर्जना भएको छ।निकै ठूलो लगानीमा सुरु गरिएको रंगशाला निर्माणका लागि आर्थिक अभाव भएपछि धुर्मुसको टोली मेचि महाकाली अभियानमा निस्किएको छ।धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा रंगशाला निर्माणको काम सुरु भएको हो।गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको सो रंगशाला निर्माणका लागि सरकार र सर्वसाधारणको लगानी छ।

धुर्मुस सुन्तली फाउण्डेशनले सहयोग उठाउँदै रंगशाला निर्माणमा लगानी गरिरहेको छ।क्रिकेट मैदान निर्माणमा आर्थिक अभाव भएपछि सहयोग जुटाउन सिताराम कट्टेल धुर्मुस मेची महाकाली अभियानमा निस्किएका छन्।रंगशाला निर्माणको लागि आर्थिक संकलन गर्न अभियानमा निस्कदा उनलाई रंगशाला निर्माणमै जुटेका मजदुरले विदाई गरेका थिए।उनीहरुले विदाईका क्रममा बाटोमा लाग्ने खर्च उठाएर धुर्मुसलाई दिएका थिए।यही कुरालाई लिएर रुपक बासुरिले आफ्नो तर्क राखेका छन हेरौ उनको बिचार

प्रतिक्रिया