दोहोरी च्याम्पियन सेटिङ र नाटक हो, के कल्पना दाहाल नवगायिका हुन र ? आयो यस्तो आरोप (भिडियो)

इनेप्लिज २०७७ चैत १० गते २१:५६ मा प्रकाशित

नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको ‘दोहोरी च्याम्पियन’ आलोचित बनेको छ।‘दोहोरी च्याम्पियन’ को पहिलो एपिसियोड नै आलोचना नै आलोचनाले भरिएको छ।हजारौँले दिएको डिजिटल अडिसनबाट छनोट भएका ३५ टिमको फिजिकल अडिसन शनिवार प्रसारण गरिएको थियो।‘दोहोरी च्याम्पियन’ हरेक शनिवार साँझ ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ।पहिलो भाग प्रसारण भएसँगै यो सो आलोचित बनेको हो।अहिलेसम्म यो सोलाइ तीन लाख बाह्र हजार बढी दर्शकहरूले हेरिसकेका छन् भने,आठ हजार सात सय बढी दर्शकले समेत प्रतिक्रिया दिएका छन्।

जसमा अधिकांश प्रतिक्रिया भने नकारात्मक छन्।आलोचनाको मुख्य कारण भने यस शोका जजहरू नै हुन्।लोकदोहोरी क्षेत्रमा स्थापित कतिपय कलाकारहरूले समेत ‘दोहोरी च्याम्पियन’ मा जजहरूको निर्णय गर्ने शैलीलाई लिएर सामाजिक सञ्जालबाटै आलोचना र व्यङ्ग्य गरेका छन्।कतिपय दर्शकले जजहरूमा अनुशासन नभएको समेत प्रतिक्रिया दिएका छन्।भने कतिपयले जजहरूमा बढी घमण्ड भएको प्रतिक्रियासमेत दिएका छन्।त्यस्तै कतिपय दर्शकले यसका निर्णायकहरू परिवर्तन गर्नुपर्ने समेत माग गरेका छन्।

‘दोहोरी च्याम्पियन’को निर्णायकका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष गीतकार रमेश बि.जी लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा र गायक तथा गीतकार चन्द्र शर्मा रहेका छन्।यस्तै कार्यक्रम सञ्चालकको रूपमा लोकदोहोरी गायक बद्री पङ्गेनी र लोकदोहोरी गायिका प्रीति आले रहेका छन्।यो बिषयलाई लिएर पुन्य गौतम र सागर थापाले आ आफ्नो बिचार रखेका छन।

हेरौ उनिहरुले के भनेका छन भिडियोमा

प्रतिक्रिया