भमरा भै फूलफूल नडुल्ने,म बरा विचरा
तिमी वृक्ष अजङ्ग कहाँ,म चरा विचरा।
विचार बाँचे नीति नाँचे,बहानाबाजि टाढै
तिमी साहित्य सागर कहाँ,म कथा विचरा।
धिपिधिपी टुकि जस्तै,बल्थेँउ निभ्थेँउ तिमी र म
तिमी खगोल सारा कहाँ,म तारा विचरा।
हावा खेलेँ हिउँ खेलेँ,मान्छे खेल्न जानिएन
तिमी खेल समुन्द्र कहाँ,म माछा विचरा।
पानीको फोका जस्तै,बन्यो फुट्यो सम्बन्ध यो
तिमी सुनको पिजँडा कहाँ,म सुगा विचरा।
प्रतिक्रिया