विषय वा प्रसङ्गले ‘पति’को अर्थ
स्मावी,मालिक,पोइ लागेमा श्रीमान्
‘इज्जत’ यदि अर्थ हुन्छ भने पतिकै
दुई खानदानको इज्जत,सम्मान र प्रतिष्ठा
सजाउँछौँ तिमी सर्वत्र हर पल
इज्जतकी स्वामिनी।
खोज्छु म देउता पाषाण मन्दिरहरू भित्र
मन्दिरमा आशनरत मूर्तिहरू भित्र
मूर्तिको प्रतीक ढुङ्गाहरू भित्र
मेरो मन भित्र पग्लिरहने पाषाण छ तिमी प्रति
त्यसैलाई तिमी देवता मान्दछौ
मेरो शरीरलाई पूजा गर्दछौ मन्दिर मानी ।
म टीका लगाउन्न मन्दिरको
म सजाउँछु निधारमा
तिम्रो सिन्दुर।
म पत्ना अनि तिमी पत्नी
म पति अनि तिमी पत्ता
बिना ठेगान के हुन्छ र कसैको पत्ता
पत्ताविहीन रुख पनि अन्जान हुन्छ आफै देखि
म अन्जान होइन
किनभने
तिमी मेरो पहिचान जो हौ।
-सञ्जय साह मित्र
पत्रकार/लेखक
प्रतिक्रिया