देशै नरहे तिमिहरुमात्रै कहाँ रहौला ?

डिग बहादुर तामांग, भेडापू, दोलखा २०७७ फागुन २२ गते १९:४९ मा प्रकाशित

देशै नरहे तिमिहरुमात्रै कहाँ रहौला ?
देश न तिम्रो बाउको बिर्ता हो, न तिम्री आमाकी दाइजो हो
हाम्रो कर्म भूमि, तपोभूमि त् हाम्रा पुर्खाले बचाई राखेको हो
स्वर्गभूमि नेपाल पो हो ।
तिमी डाँकाहरु एउटा समूह राम्रो बन्ने,अर्को समुह
नराम्रो बन्ने, अनि हामीजनतालाई नाटक देखाउने ?
यौटा समूह ,जनताको लागि लड्ने , देशको ढुकुटी लुट्ने
अर्को समुह हामी वार्ता गर्छौं भन्ने, डाँकाहरुलाई
फूलमाला अबिर अलगायेर हात माथि उठाउने
अब म भन्दा ठूलो नेता कोहि छैन भनेर धाक लाउने
राम्रो बन्ने, अनि हामी जनतालाई नाटक देखाउने ?
एउटा १२ बुदे समझदारी लेख्न्न र को सहयोग चाहिने ?
यौटा समूह जनताको लागि लड्ने , देशको ढुकुटी लुट्ने
अर्को समुह हामी बार्ता गर्छौं भन्ने, डाँकाहरुलाई
फूलमाला अबिर अलगएर, हात माथि उठाउने
अब म भन्दा ठुलो नेता कोहि छैन भनेर धाक लाउने
आफू राष्ट्रपति बन्न राजपरिवारसखाप पार्ने
जनजातीहरुलाई राज्य दिन्छु भनेर लोभ्याउने
अनित्यसको नेता आफै बाहुनै बाहुन चाहिन्छ भन्ने
बिदेशीको हात छ पार्टी फुटाउन भनेर बिगुल फुक्ने
प्रधान मन्त्रि भएर आफै भारतीय दूताबासमा गएर
प्रथम सचिवको जुत्ता चाट्ने,
मेरी छोरीलाई डाक्टर बनाई देउ भन्ने
चीनमा गएर, हाम्रो पार्टीलाई खर्च चाहियो भन्ने
एउटी राजदूतलाई, देशको ढुकुटी देखि
सबै देखाउने, हेर तिमीहरुको चर्तिकाल हेरी सक्यौं
आफुहरुको बीच झगडा गरे जस्तो देखाउने
अनि नेताहरुलाई बिदेशीको दबाब छ भन्ने टार्ने
हामीले देखेको छैनौ र तिमीहरुले के गन्थे
मूलको बारीमा उव्जेको तस्बिर, रामनाथको घरमा गोठालो बसेको ?
कस्तो घरमा बस्थे भनेर, एउटा संसद भत्काउने
तीनजना मिलेर बौराउने , के चाला हो तिमीहरुको ?
बिदेशीको हात नथाप तिमीहरु, यदि देशलाई मायाँ छ भने
तिमीहरुमा देश चलाउने खुबी छैन भने
संन्यास लिएर जाउ तर देशलाई नभात्कौ।
नेपाल रहेन् भने तिमीहरु चाँही कहाँ रहलाऊ ?
गर्न गरिसक्यौ, अब छातीमा हात राखेर सोच
हामीहरुले देश बिगरेका हौं भनेर स्वीकार गर ।
सबै नेपाली आफनै देशमा रमाउने छन्,
आफनै सर्वभौमसत्तालाई प्राणभन्दा प्यारो ठण्डा छौं।
म पार्टीका धुपौरे होइन, नेपाली आमाकी सपुत छोरा हुँ।

जय नेपाल !

डिग बहादुर तामांग

प्रतिक्रिया