उर्लाबारी।मोरङको केराबारीस्थित एउटा बिहे घरमा शनिबार बिहान मच्चाइएको आक्रमण र लुटपाटको घटनामा बेहुलीका बुवासहित चार जना घाइते भएका छन् ।केराबारी गाउँपालिका–७ नर्कटेमा गुण्डागर्दी गर्ने समूहले मदिरा सेवन गरेर साङ्घातिक हमला गरेको हो।
स्थानीय भगीमान लिम्बूको घरमा आक्रमण गर्दै २०÷२५ जनाको समूह बिहे घरबाट पैसा र सुनचाँदीका गरगहना लुटेर फरार भएको छ।भगीमानकी छोरी २३ वर्षीया सम्झना लिम्बू र नुवाकोट घर भएका सुदीप राईबीच बिहेको कार्यक्रम समापन भइसकेर सबै जना सुतिसकेपछि आएको समूहले एक्कासि आक्रमण गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।उनका अनुसार आक्रमणबाट बेहुलीका बुवा ५९ वर्षीय भागीमान,दिदी ३० वर्षीया सविना लिम्बू ९राई०, कान्छा मामा केराबारी–९ का ४५ वर्षीय भगत याक्खा र बिहेमा बेहुलातर्फबाट जन्ती आएका भोजपुरको भोजपुर नगरपालिका–७ का ३३ वर्षीय रमेश राई घाइते भएका छन्।
सबैको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।घाइते मध्ये बेहुलीका बुवा भागीमान र मामा भगतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको टाउको, खुट्टा,हात,अनुहार लगायत शरीरका विभिन्न भागमा गहिरो चोट रहेको एसपी खड्काले बताए।खुकरी प्रहार गरिएका भागीमानको टाउकोमा १३ टाँका लगाइएको छ।दायाँतर्फको करङबाट भालाले रोपिएका भगतको फोक्सोमा पनि चोट लागेको उपचारमा संलग्नले चिकित्सकले बताएको प्रहरीको भनाइ छ।बेहुली, बेहुला लगायत बिहे घरमा रहेका अरु भने भागेर आक्रमणबाट बचेका छन् ।बिहे सकिएकाले बेहुलीका घरका सबै जना र जन्ती आएकाहरु साउण्ड सिस्टम बन्द गरेर सुतिसकेका थिए।
https://www.youtube.com/watch?v=nPjB_ItJInQ&feature=emb_logo
प्रतिक्रिया