अन्तत हिमानीको मन पग्लियो पारससँगको तस्बिर राख्दै हिमानीको भावुक स्ट्याटस (भिडियो सहित)

इनेप्लिज २०७७ फागुन १६ गते ११:०९ मा प्रकाशित

पूर्व रानी कोमल शाहको जन्मदिनमा पूर्व युवराज पारस शाह पनि सहभागी भएको विषयले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ।नेपालमै भए पनि पूर्व युवराज पारस परिवारका साथमा छैनन्।उनी एक्लै बस्दै आएका छन्।पत्नी हिमानीसँग पनि उनको सम्बन्ध सुमधुर नभएका कारण उनी एक्लै बस्दै आएको बताइएको छ।पारसको व्यवहारका कारण हिमानी र परिवार टाढा भएको हो ।तर लामो समयपछि पारस र पत्नी पूर्व युवराज्ञी हिमानी शाह भेट भएका छन् । उनीहरूबिच केही कुराकानी पनि भएको बताइएको छ।तर उनीहरूले के कुराकानी गरे भन्ने कुरा भने खुलेको छैन।

लामो समयदेखि टाढा रहेका यी दम्पत्ती बिच झापाको होटेल मेची क्राउनमा भेट भएको हो।सो बेला परिवारका सबै सदस्य उपस्थित थिए।उनी आमा कोमल शाहलाई जन्मदिनको शुभकामना दिन पुगेका थिए।श्रीमान् पारससँग लामो समयपछि भेट गरेकी हिमानीले सकारात्मक प्रतिक्रिया दिएकी छन्।दुई जना भेटिएको खबरसँगै उनीहरूको शुभचिन्तकले हिमानीलाई माफी दिनु भन्दै सामाजिक सञ्जालमा लेख्दै आएका छन्।

भिडियो सहित

प्रतिक्रिया