पुण्य गौतमले भात खाने जति सबै भाते भने पछी पत्रकार सँग पर्‍यो चर्काचर्कि (भिडियो सहित)

इनेप्लिज २०७७ फागुन १५ गते ३:३४ मा प्रकाशित

पछिल्लो समय युट्युबमा केही व्यक्ति भाइ,रल भैरहेका छन् ।त्यसरी भाइरल बन्नेहरुको सूचीमा ज्ञानेन्द्र शाही, मुकुन्द घिमिरे (मुकुन्दे),रमेश प्रसाईं, सुरेन्द्र केसी, पुण्य गौतम, दिल निशानी मगर लगायत छन् ।त्यस मध्य सदाबहार छाइरहने नाम हो पुण्य गौतमको,उनी सानैदेखि राजनीतिमा होमिएका ब्यक्ति हुन्।बाराको निजगढमा जन्मिएका उनले राजनीतिको माध्यम बाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राजनीतिमा ३० बर्ष बिताएका छन्।जिन्दगीको धेरैजसो उर्जा राजनीतिमा खर्चिएका गौतम चिरपरिचित कवि,साहित्यकार एवं पत्रकार समेत हुन्।उनले भोलिका दिनहरुमा पनि देश र जनताको पक्षमा काम गरिरहने बताएका छन्।

उनि भन्छन सानैमा राजनीतिमा हेलिएको मलाई ममतामयी आमाले टुहुरो बनाएर गएपछी मेरो भाग्य नै फुटे जस्तो भयो।उनि थप्छन आजपनि खल्तीमा पैसा नहुँदा गाडी चढ्न नसकि भोकैभोकै हिडेको छु तर देशभक्ति र स्वाभिमानलाई झुक्न दिएको छैन।उनले भा,वुक हुँदै भने अहिले म रिनमा चुर्लुम्म डुबेको छु मनको बह कहाँ पोखौं।भिडियो सहित

प्रतिक्रिया