मोरङको उर्लावारी ५ का प्रविण बास्तोला मृत्यु प्रकरणको अनुसन्धा,नमा गम्भीर त्रुटि फेला परेपछि इलाका प्रहरी कार्यालय उर्लाबारीका निरीक्षक उद्धव पोख्रे नै प्रहरीको अनुसन्धानमा तानिएका छन्।गत पुस ४ गते उर्लाबारी ६ स्थित रमेश गिरीको घरमा आफ्ना साथीहरुसँगै सुत्न गएका बास्तोला पुस ५ गते बिहान ११ बजेतिर गोदावरी अस्पतालमा मृत रहेको खवर परिवारले पाएको थियो।साथीहरुसँगै खानपिन गरेर सँगै गएका बास्तोलाको रहस्यमय मृत्यु भएपछि उर्लाबारी प्रहरीले बास्तोलाका साथीहरु प्रतिवादी बनाएर कार,वाहि अगाडि बढाएको थियो।
तर सरकारी वकिलको कार्यालयले भने प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन पश्चात प्रहरीले बुझाएका प्रमाण र तथ्यका आधारमा मु,द्दा चलाउनु नपर्ने भन्दै फर्काएको थियो।गत आइतबार मृतकका परिवार र केही स्थानीयको अगुवाईमा अनुसन्धान प्रक्रियाको बारेमा जानकारी लिन जादा प्रहरीले मृतक बास्तोलाको मिसिल फाइल देखाउने क्रममा मिसिलमा मृतक बास्तोलाको फोटो हुनु पर्नेमा अन्य असम्बन्धित व्यक्तिको फोटो रहेको उनीहरुले पाएपछि प्रहरीले घटनाको अनुसन्धानमा लापरवाही गरेको तथ्य सार्वजनिक भएको हो।यही बिषयलाई लिएर राजनीतिक बिश्लेशक आनन्द राम पौडेल सँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस
https://www.youtube.com/watch?v=CFIvpLR-H0g&feature=emb_logo
प्रतिक्रिया