क्यामेरा समात्न जान्दैमा महिलाहरुको हुर्मत लिन मिल्छ पत्रकार महोदय?

इनेप्लिज २०७२ असार १८ गते ११:२७ मा प्रकाशित

unnamed (1)भनिन्छ, पत्रकार राष्ट्रको चौथो अंग हो, तर पटक पटक गरिने अशोभनीय अचाहरणका कारण नेपालमा वर्तमान पत्रकारिता अझै शिशु अवस्था मै रहेको मान्न सकिन्छ! कुनै पनि घटनाक्रमलाइ गहिरिएर हेर्ने र वास्तबिकताको नजिक नै नपुगी हतारमा समाचार सम्प्रेसन गर्ने वानी नै परेको छ हाम्रा पत्रकार साथीहरु लाइ! सहि र तथ्य मुलुक समाचार सम्प्रेषण गरि जनतालाइ सुसुचित गर्ने धर्म पत्रकारिताको हो! यस धर्म भित्र संप्रेषित समाचारले अर्काको मान हानि तथा नोक्सानी भने पुग्नु हुदैन! कतिपय कुराहरु धेरै संबेदनशिल हुन्छन जसले समाजका हरेक अंगलाइ असर गर्दछन!

प्रसंग धान रोपाईको: यस घटनामा पत्रकारहरू अलिकति पनी संवेदनशील नहुदा निर्दोष महिलाहरू ठूलो वेईज्जती र अपमानित हुनु परेको छ! यो महिला प्रतिको सामाजिक हिंसा बरावरको सामाजिक अपराध हो! हातमा क्यामेरा हुदैमा जथाभावी खिचिने र प्रकाशन गरिने फोटो तथा भिडियोहरू पत्रकारिताको आचारसंहिता विपरीत छन! क्यामेरा समात्न जान्दैमा अनी मन्त्रिलाई नंग्याउने नींउमा महिलाहरुको हुर्मत लिने अधिकार तपाईलाई कसले दियो पत्रकार महोदय?

पत्रकारहरु पनि समाज कै अंग हुन् र यीनका पनि आमा, बाउ, श्रीमती छोरा छोरी, दिदि,बैनी, तथा नाता गोता आदि छन् ! प्रविधिको विकासक्रमले मान्छेका तस्बिरहरु अनेक रुपले प्रस्तुत गर्न सकिन्छ! त्यसमा पनी विना ठोस आधार तथा अनुमति नै नलिई कसैको पनि तस्वीर खिच्न र सार्वजनिक गर्न समेत पाईदैन! तपाईको गलत हर्कतका बारेमा तपाईका निर्दोष परिवारको फोटो राखी समाचार बनाई कसैले सार्वजनिक गर्दा तपाईलाई कस्तो महसूस होला पत्रकार महोदय? मेरो समाचारले एउटा बेबकुफ मन्त्रिले राजिनामा गरे भनि तपाई आज ख़ुशी हुनु भयो होला तर ति निर्दोष महिलाहरु लगायत एउटी सत्तरी बर्षिया आमा जसलाई तपाईको गैर ज़िम्मेवार हरकतले मर्नु न बाच्नु को अवस्थामा पुर्याएको छ, तिनको आशुले तपाईलाई ज़िन्दगी भरी रुवाउने छ!

नेपालको पत्रकारिताको प्राथकिमकतामा प्रायः राजनीतिक घटनाक्रमहरुको बोलवाला रहेको पाइन्छ । हुन त, यसको इतिहासदेखि नै राजनीतिक घटनाक्रमको चर्चा गर्नु र राजनीतिज्ञहरुको वरिपरि केन्द्रित रहनु नियति नै बनेको छ। समाजका लागि लेखिने ज्ञानमुलक लेखहरुले भन्दा समाजलाइ असर पार्ने समाचारहरुले नै मुख्य कभरमा प्राथमिकता पाउछन! मैले यो लेख लेखेको छु तर यसले कभरमा स्थान नपाउने निश्चित छ कारण यो लेख पत्रकारिता र संचालकको प्राथमिकता भित्र पर्दैन ! मुलुकको स्थायित्व, विकास र समृद्धिका लागि पत्रकारिताले आफ्नो पेशागत धर्मको ख्याल गर्नु पर्ने बेला आएको छ। त्यसैले नेपालको पत्रकारिताको नैतिक र वौदिक विकास का लागी वकालत गर्नु आजको आवश्यकता भइसकेको छ ।

प्रतिक्रिया