ईटहरी/ पछिल्लो समय नेपालमा सामाजिक संजाल प्रयोगकर्ताको संख्या दिनदिनै बढ्दै गैइरहेको छ।फेसबुक,युट्युब,ईन्स्टाग्राम,ट्विटर,टिकटक जस्ता संजाल प्रयोगकर्ता बढेसंगै कतिपयको त दैनिकी नै यहि बन्दै गैरहेको छ।एकपछि अर्को गर्दै विभिन्न सामाजिक संजालले नेपालिमाझ लोकप्रियता कमाउने क्रममा अहिले टिकटक सबैभन्दा अगाडि छ भन्दा फरक पर्दैन । यहि टिकटक प्रयोगकर्ताहरु अहिलेका चर्चित मोडलका रुपमा स्थापित छन्।
यता टिकटक चलाएर लोकप्रिय भएकाहरुको ताती निकै लामो छ।कोहि आफ्नो सिर्जनात्मक कला प्रष्फुटन गर्दै लोकप्रिय भएका छन भने कोहि भाईरल कन्सेप्ट त कोहि आफ्नो दैनिकीलाई साझेदार गरेर । यस्तै अनेक अनेक तवरवाट टिकटकमा लोकप्रियता कमाएका ९ जना टिकटकरहरु पहिलोपटक एकसाथ एउटै अन्तरबार्तामा देखिएका छन् । हेर्नुस् रमाईलो भिडियो कुराकानी।
पुर्वका ८ र पश्चिम् रुकुमका १ गरि ९ जनालाई एकसाथ भेला गरेर यसरी कुराकानी गरिएको हो।अन्तरबार्तामा मन्नु खड्का,अनुप राउत, बादल ठकुरी, मोनिका बोहोरा, रेश्मा बान्तावा, प्रबिन कोईराला, तमन्ना बान्तावा, सुजा रायमाझी र सल्लु पोख्रेल अटाएका छन्।जहाँ एक-अर्का संग कोहि परिचित छन त कोहि अपरिचित छन्।कुराकानिका क्रममा एकअर्काको पोल खोल्दै रमाईलो समेत गरेका छन्।टिकटक भिडियो बनाउदा कति टेकसम्म खाईन्छ ? भन्ने प्रश्नमा सबैले रमाईलो जावाफ दिएका छन्।
प्रतिक्रिया