उर्लाबारी । पाँचथरको फालेलुङ गाउँपालिका वडा नं. ६ का ३४ बर्षीय मनकुमार राईको रहस्यमय तरिकाले मृत्यु भएको पीडित परिवारले आरोप लगाएका छन् ।
श्रीमति शनि लिम्बूसँग झापाको दमकमा बस्दै आएका मनकुमारले झुण्डिएर आत्महत्या गरेका थिए।तर,पीडित परिवारले झुण्डिएर नभई हत्या गरी झुण्डाएको हुन सक्ने आशंका गरेका छन्।श्रीमति शनिसँग मनकुमारको मनमुटाब रहेको कारण पनि हत्या गरेको हुन सक्ने पीडित परिवारले बताएको छ । दोषीलाई कार्वाहीको माग गर्दै पीडितहरुले इलाका प्रहरी कार्यालय दमकमा उजुरीसमेत दिएका छन्।
https://www.youtube.com/watch?v=GJqW4QR7P1I&feature=emb_logo
प्रतिक्रिया