भजन गीतमा पुष्पराज बने योगी

इनेप्लिज २०७७ फागुन ७ गते ११:०६ मा प्रकाशित

 

काठमाडौँ।कलाकार पुष्पराज पुरुष लामो समयपछि अभिनयमा फर्किएका छन्। पछिल्लो समय अध्यात्ममा हराएका उनी करिव दशक पछि गजल शैलीमा तयार भजन गीत ‘हँसाउने उही छ’मार्फत अभिनयमा फर्किएका हुन्।उनलाई अभिनयमा फर्काउने काम निर्देशक देबेन्द्र पाण्डेले गरेका छन्।पुष्पराजले करिब दशक अगाडि फिल्म श्रीमान् अभिनय गरेका थिए।

गीतकार चन्द्र प्रसाई ‘परिस्कृत’को शब्द रहेको गीतको भिडियोमा उनी योगी अवतारमै देखिएका छन्।गीतकार प्रसाईको केही दिन अगाडि ‘पुरानो घाउ’ बोलको गीत सार्वजनिक भएको थियो।जुन सांगीतिक क्षेत्रमा अहिले चर्चामा रहेको छ।गीतकार प्रसाईका यसअघि प्रेमको कथा,कथा मृत्युको लगायत थुप्रै गीतले चर्चा पाएका थिए।

प्रताप दासको स्वर र राजेन्द्र सुवेदीको संगीत रहेको भजनमा संगीतकार सुवेदीकै संगीत संयोजन छ।गीतको भिडियो पनि बनेको छ।जसमा पुष्पराज पुरुष,उत्तम केसी,बालकलाकार सदुर्श चुडाल, प्रत्युस बिमली लगायतको अभिनय देख्न सकिन्छ।

चक्र बरालको छायाँकन, विकाश दाहालको सम्पादन रहेको भजन गीतको भिडियो देबेन्द्र पाण्डेले निर्देशन गरेका हुन्।

प्रतिक्रिया