शशी बिक्रम थापाको शब्द र संगीत रहेको ‘घुम्न जाउ सरर’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७७ माघ ३० गते ०:१८ मा प्रकाशित

गायक अंकित अमरु श्रेष्ठको ‘घुम्न जाउ सरर’ गीतको भिडियो सार्वजनिक भएको छ ।शशी बिक्रम थापाको शब्द , संगीत रहेको गीतमा विनोद कुमार भुजेलको संगीत संयोजन रहेको छ।

शिव खाण्ड ठकुरीले निर्देशन गरेको भिडियोमा आग्रह श्रेष्ठ र रक्षा थापाको मुख्य भूमिकामा अभिनय रहेको छ भने अन्य कलाकारमा प्रजन पौडेल र शुभम गणेशको अभिनय देख्न सकिन्छ।

रोमियो गुरुङ र विशाल डोटेलको सह निर्देशन रहेको भिडियोको आर्ट निर्देशनमा विकाश जोशीलाइ देख्न सकिन्छ।आयुष श्रेष्ठको छायाकंन रहेको भिडियोमा शिव खाण्ड ठकुरी र रोमियो गुरुङको सम्पादन रहेको छ।भिडियोलाइ सुमन कोइरालाले कोरियोग्राफी गरेका छन भिडियोको कथा सन्तोष पौडेल,शिव खण्ड ठाकुर र जनक बहादुर श्रेष्ठको रहेको छ।

गायक श्रेष्ठको सुमधुर आवाजमा यस अघि नै ”लजाएर” बोलको गीत सार्वजनिक भईसकेको छ।दर्शक श्रोताको राम्रो साथ बटुलेको उक्त गीतमा संगीत सुजन चापागाई र शब्द शैलेस गिरीको रहेको थियो।गायक अंकित अमरु श्रेष्ठ चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपालको ब्याटल राउण्ड सम्म पुगिसकेका छन् ।

प्रतिक्रिया