प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-माधव समूहमाथि हिंसात्मक आन्दोलन गर्न खोजेको आरोप लगाएका छन् ।
प्रचण्डले अब शाकाहारी आन्दोलन गरेर काम छैन भनेको भन्दै उनले भने, ‘भन्नुको मतलब मांसाहारी । मंसाहारी भन्नुको चिकेन चिल्ली खान खोजेको पक्कै होइन होला । उहाँले त आदमखोर आन्दोलन गर्न खोज्नुभएको हो । मान्छे मार्ने आन्दोलन गर्न खोज्नुभएको हो ।’
‘म उहाँलाई भन्न चाहन्छु अबको नेपालमा त्यस्तो आन्दोलन सम्भव छैन।कुनै धृष्टता नगर्नुहोला।हिजोको जमाना अब होइन।’
स्व. हेमनारायण यादवको १७ औं स्मृति सभाको अवसरमा सिराहा सदरमुकाममा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हिजो केपी ओली प्रधानमन्त्री थिएनन्।झुक्याउन सफल हुनुभयो होला।धेरै युवालाई सुन्दर सपना देखाएर लडाइँको मैदानमा सफल हुनुभएको होला।तर अब कोही अलमलिनेवाला छैनन्।’
प्रचण्डले ४ माघमा आफू निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै शाकाहारी आन्दोलनले मात्र पुग्ने देखिँदैन,आक्रामक हुनुपर्यो’ भनेका थिए।त्यसको आलोचना भएपछि उनले आफ्नो आशय हिंसात्मक आन्दोलन नभएको बताएका थिए।
हेर्नुहोस माघ २० गतेका मुख्य समाचारहरु
प्रतिक्रिया