जन्जिर तोडेर हिड्न सिकायौ
हिम्मत राखेर बोल्न सिकायौ
अन्धकारमा गुम्सिएर बसेकाहरुलाई
खुल्ला आकाशमा रम्ने बनायौ
जय होस तिम्रो
तिमी मरेर पनि बाचिरहेछौ, बाचीरहनेछौ
बर्ष होइन बर्षौ बर्ष
युगौ युग बाचिरहनेछौ
आखामा होइन मनहरुमा
हाम्रो मुटुहरुमा
देह त केवल माटो रहेछ
जो माटैमा मिल्छ
तर तिमीले सुगन्ध छरेर गयौ
र त आज हामी तेही सुगन्धको वरिपरि
शान्तिको श्वास लीरहेछौ
तिम्रो बलिदानीको कदर यो माटोले गर्ने छ
यो युगले गर्ने छ
यी सन्ततिले गर्ने छन
सपना देखेउ कालो मडारिएको बादल हटाउने
थुनिएका आवाजलाई बुलन्द बनाउने
सौदा गरेनौ बाच्नु र मर्नुमा
शिर निहुराएर झुकेर बाच्नुको अर्थ रोजेनौ
मुक्तिको लागि बलिदानी ठुलो सम्झेउ
कालो बादललाई छिचोलेका
आकाशका चम्किला तारा देखेउ
त्यो चमक ल्याउन बलिदानी भयौ
सलाम छ सहिद तिमीलाई
त्यो अदम्य साहसलाई
त्यो त्यागलाई
त्यो बलिदानीलाई
यो मिर्मिरे उजयालो सधै तिम्रो ऋणी छ
सधै तिमीमा नमन चढाउछ
नमन छ सहिद तिमीलाई
-अर्जुन थापा
प्रतिक्रिया