”डिकबहादुर भन न तिमीहरु मलाई!जहिले पनि डिके डिके भनेर किन जिस्क्याइरहन्छौ हँ ?” ऊ रिसले चुर हुँदै भन्यो।यो परिवेश नजर गरिरहेको उसको बुबाको उमेरको हर्षमानले थप्यो –“अलि पुरानो चलन अनुसार बच्चा जन्मेको छैठौँ दिनमा भावीले निधारमा भाग्य कोरिदिन्छ र एघारौँ दिनमा न्वारन गरे पश्चात नाम जुराइन्छ।पछि हुर्कदै र परिपक्व हुँदै जाँदा वास्तविक नामलाई उसको कामले छाँयामा पार्ने हुनाले काम अनुसार नाम पहिचान पनि हुन्छ।
वर्तमान समयमा राशी नक्षत्र आदि इत्यादि भन्दा पनि आमा वुवा आफैँ ब्राह्मण हुने भएकाले गर्दा ब्राह्मणीय पेशा संकटमा पर्नुको साथै नामको अर्थ र परिभाषा बुझ्रन र बुझाउन गाह्रो बन्दै गइरहेको छ।
तिम्रो वुवाको नाम दीपक र आमको नाम कमला भएकोले तिम्रो नाम डिक जुराएका हुन।
डिकवहादुर आफ्नो नाम प्रति भित्रै देखि असन्तुष्ट देखिन्छ।भोलिपल्ट साँझ पख सबै साथीहरु खेल खेल्नका लागि जम्मा हुन थाले चोकमा।“सबै साथीहरु आइसके तर सि.पि.यु.देखिएन नि।” प्रश्नाले व्यँग्यात्मक शैलीमा भनी।सबै अल्लमल्ल परे के भनेकी भनेर।यत्तिकैमा प्रशाले भनी–“तिमीहरु पनि!सर्टकर्टको जमाना छ ……….. ! त्यही चन्द्र प्रसाद उपाध्याय क्या ।”
हालः रौतहट
प्रतिक्रिया