काठमाडौं,
उम्दा कलाकार निश्चल रावललाई डेब्यु मोडलको अवार्ड प्रदान गरिएको छ।विमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्वारा राजधानीमा समपन्न ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’मा रावललाई डेब्यु मोडलको अवार्ड प्रदान गरिएको हो।उनले ‘भुल्यौकी मायाले’ गीतको भिडियोबाट उक्त अवार्ड चुम्न सफल भएका हुन्।यस गीतका गीतकार जनक रावल रहेका छन्।
अवार्ड समारोहमा बरिष्ठ संगीतकार राजु सिंहलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो भने पत्रकारद्वय अनन्त वाग्ले र कुवेर गिरीलाई नगदसहित रंग पत्रकारिता सम्मान प्रदान गरिएको थियो।
कला क्षेत्रका विशिष्ट व्यक्तित्वहरू अतिथि रहेको सो अवार्ड समारोहमा सर्वोत्कृष्ट आधुनिक गीत अवार्ड अञ्जु पन्त (कान्छा कान्छी) सर्वोत्कृष्ट गायक शिव परियार (आँशुको अर्थ(३,तिमीले पो सक्यौ होला),सर्वोत्कृष्ट आधुनिक वर्ष गीतकार डा.डीआर उपाध्याय (छोरी विदाई आफ्नै छातिबाट ढुकढुकी टाढा हुने बेला भो),सर्वोत्कृष्ट गीतकार अमर वान्तु (आए म त तिम्रो शहर),सर्वोत्कृष्ट लोकआधुनिक गीतकर जनक रावल (भुल्यौकी मायाले गोठालोमा गएको मेलापात धाएको),सर्वोत्कृष्ट आधुनिक गीत रचनाकार हरि उप्रेती (वल्ली होइन पल्ली), सर्वोत्कृष्ट आधुनिक गीत संगीतकार विकास चौधरी (वल्ली होइन पल्ली) जुरी अवार्ड संगीतकार सन्तोष श्रेष्ठ (एक्लो उदास जवानी),सर्वोत्कृष्ट राष्ट्रिय गीत गायक चेतन सापकोटा (बुद्ध पठाइदेऊ),सर्वोत्कृष्ट राष्ट्रिय गीत रचनाकार शोभा केसी (माया गरौ माया गरौ)लाई अवार्ड प्रदान गरिएको थियो ।यस्तै विभिन्न विधाका तीन दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको थियो ।
प्रतिक्रिया