बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन सक्दैन ? भन्दै प्रधानन्याधिशले यस्तो भने

इनेप्लिज २०७७ माघ ८ गते ३:२२ मा प्रकाशित

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा बहस भइरहँदा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले लगातार उठाइरहेको प्रश्न हो – बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन पाउँदैन ?

उनले नेपालको संविधानको धारा ७६ को व्याख्या त्यसरी गर्न किन मिल्दैन भनेर बहसकर्तालाई प्रश्न गरिरहेका छन्।बुधबार वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवाली सँग पनि यही विषयमा प्रधानन्यायाधीश राणाको सवालजवाफ भयो।

प्रधानन्यायाधीशले लगातार उठाएको प्रश्न भन्दै ज्ञवालीले बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने आधार र कारण दिन खोजे।उनले सरकार बन्ने सम्भावना हुँदा सम्म संसद विघटन हुन नसक्ने भन्दै धारा ७६ (१) र धारा ७६ (२)अनुसार नियुक्त भएका प्रधानमन्त्रीले संसद विघटन गर्नै नपाउने बताए।हेर्नुहोस माघ ८ गतेका मुख्य समाचारहरु

प्रतिक्रिया