प्रचण्डले खोले अहिलेसम्मकै रहस्यको कुरा : संसद विघटन राजतन्त्र पुनस्र्थापनाको सुरुवात भएको उल्लेख

इनेप्लिज २०७७ माघ ७ गते ३:२८ मा प्रकाशित

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुन:स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन्।

प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास्स गन्‍हाएको टिप्पणी गरे।यो राजतन्त्र पुन:स्थापित गर्ने,निरंकुशतातिर धकेल्ने प्रक्रियाको जो सुरुवात भएको छ,यसलाई हर मूल्यमा रोक्नु छ’ उनले भने।आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निहित सार्वभौमसत्ता माथि आक्रमण गरेकाले आफूमा आवेग,घृणा र आक्रोश रहेपनि अधैर्य नभएको प्रचण्डले बताए।

उनले अघि भने, ‘विधि पद्धति बाट प्रतिगमन सच्याउन चाहेका छौं।’ संसद भंग गरेर ओलीले देशलाई संविधान विहीनता र तानाशाहीको भूमरीमा लैजान खोजेको प्रचण्डले बताए।हेर्नुहोस माघ ७ गतेका मुख्य समाचारहरु

प्रतिक्रिया