बाल्टिमोरमा टिपीएस कार्यक्रम

इनेप्लिज २०७२ असार १५ गते ११:११ मा प्रकाशित

DSC05291बाल्टिमोर,अमेरिका,जुन ३० | अमेरिकी सरकारले नेपालीहरुलाई हालै प्रदान गरेको टिपीएस सुविधाका बारे जानकारी दिने उद्देश्यले यहाँ एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ | एनआरएन मेरिल्याण्ड च्याप्टरले आइतवार यहाँ यस्तो कार्यक्रम गरेको हो | कार्यक्रम अत्यन्त सान्दर्भिक र जानकारीमूलक भएको सहभागीहरुको भनाई थियो | कार्यक्रममा अध्यागमन कानुन व्यवसायी डिल्ली राज भट्टले अमेरिकी सरकारले प्रदान गरेको टिपीएसका बारे विस्तृत जानकारी दिनु भएको थियो |

DSC05265टिपीएस सुविधा दिलाउनका लागि सक्रिय रहनु भएका अगुवा मध्येका एक कानुन व्यवसायी भट्टले टिपीएस सम्बन्धी सहभागीहरुका विभिन्न जिज्ञासाको पनि सम्बोधन गर्नु भएको थियो | स्थानीय नेपाली समुदायका कागजपत्रविहीन सदस्यहरुले कसरे यो सुविधा लिन सक्छन् भन्ने बारे भट्टले टिपीएसका विविध पक्षका बारे चर्चा गर्नु भएको थियो भने सहभागीहरुले टिपीएसका बारे आ आफ्ना जिज्ञासाहरु समेत अधिवक्ता भट्टसंग राखेका थिए |

DSC05272एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टरका अध्यक्ष जेदू पोखरेलको सभापतित्वमा भएको यो जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा एनआरएनएका संस्थापक उप-सभापति डाक्टर श्याम कार्की,महा वाणिज्यदूत प्रेमराजा महत,एनआरएन अमेरिकाका बोर्ड डाइरेक्टर शिवराज पौडेल,नेपाल अमेरिका पत्रकार संघ-नेजाका अध्यक्ष एवं यस ग्लोब नेपाल डट कमका संस्थापक सम्पादक गौतम दाहाल,बानाकी वरिष्ठ उप सभापति अनु वन्त लगायतका वक्ताहरुले पनि कार्यक्रम सामुदायिक हितका लागि निकै सान्दर्भिक भन्दै आ आफ्ना भनाईहरु व्यक्त गर्नु भएको थियो | कार्यक्रम एनआरएन मेरिल्याण्ड च्याप्टरका सचिव अर्जुन हमालले संचालन गर्नु भएको थियो | कार्यक्रम बाल्टिमोरका स्थानीय दशभन्दा बढी सामुदायिक संस्थाहरुको संयुक्त पहलमा सम्पन्न भएको थियो |

DSC05341

प्रतिक्रिया