नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजन पछि दुबै समूह बाट पार्टी निर्माण कार्य तीव्र पारिएको छ । पार्टी विभाजन पछि ओली समूहमा उभिने जन संगठन संयोजकहरु ६ जना देखिएका छन् । २२ मध्ये बाँकी जनसंगठनका संयोजक भने प्रचण्ड र माधव समूहमा उभिएका छन्।आठ जनसंगठनका संयोजक र सहसंयोजक नै प्रचण्ड र माधव समूहका छन्।४४ पदाधिकारी मध्ये ओली समूहमा ११ जना मात्रै छन् ।
भक्तपुरका सांसद महेश बस्नेत लाई सामाजिक सञ्जाल फेसबुक मार्फत गाली, गलौज र अभद्र टिप्पणी गरेको अभियोगमा एकजना पूर्वप्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी बाट स्वेच्छिक अवकाश लिएका सहायक निरीक्षक (असई) डिल्लीबहादुर चन्द छन्।साइबर ब्युरोले जिल्ला प्रहरी कार्यालय,बाँके सँग समन्वय गरेर नेपालगञ्ज बाट चन्द लाई मंगलबार पक्राउ गरेको हो।हेर्नुहोस पुस १७ गतेका मुख्य समाचारहरु
प्रतिक्रिया