काठमाडौँ । लोकप्रिय लोकपप गायक सुनिल गिरी र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘दिउँला माया तिमीलाई’को भिडियो सार्वजनिक भएको छ । ‘दिउँला माया तिमीलाई’ सोल्टिनीको भाग २ हो।
तनहुँको चर्चित पर्यटकीय स्थल मानहुँकोटमा छायांकन गरिएको भिडियोमा सुनिल र उर्मिला गुरुङको रोमान्टिक प्रेम कथालाई देखाइएको छ।बढ्दो चिसोमा सुनिल र उर्मिला स्पष्ट देखिएको सेताम्मे हिमाल र चिसो सिरेटोकाबिचमा गज्जबसँग खुलेका छन् ।
सुनिलकै शब्द,संगीत रहेको गीतमा कृष्ण विक भान्जाको एरेन्ज रहेको छ।सुनिलको निर्देशनमा छायांकन गरिएको भिडियोमा तनहुँमा प्रचलित कौरा भाकालाई देखाइएको छ।मगर समुदायमा प्रचलित कौरा भाकालाई कलात्मक तरिकाले सुनिलले आफ्नो शैलीमा ढालेका छन्।बिकेक विकको छायांकन र सम्पादन र कलरिंग रहेको गीतको भिडियो गायक सुनिलकै आफ्नै च्यानलबाट बजारमा ल्याइएको हो।गायक गिरीका यसअघि सोल्टिनी,को होला त्यो ,कस्तो यो मन,रोगै पिरती, मुग्लान्, लगायता गीतहरु चर्चित छन् ।
प्रतिक्रिया