पूर्व माओवादी नेताहरु जुनसुकै बेला जेल जानुपर्ने अवस्था आउन सक्ने नेकपा नेता देव गुरुङको भनाई

इनेप्लिज २०७७ पुष ३ गते ४:०२ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले शान्ति प्रक्रिया अझै टुंगोमा नपुगेकाले पूर्व माओवादी नेताहरु जुनसुकै बेला जेल जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

पूर्व माओवादी पार्टीका करिब सात हजार नेता कार्यकर्तामाथि अझै पनि सशस्त्र द्वन्द्वकालका करिब चारसय मुद्धा बाँकी रहेकाले कुन बेला जेल जानुपर्ने हो ठेगान नभएको गुरुङले बताए ।

द्वन्द्वकालका मुद्धा हल हुन दिइएको छैन भन्दै गुरूङले अझै सात हजार नेता–कार्यकर्ताको नाममा झण्डै चारसय मुद्धा जस्ताको तस्तै रहेको र विभिन्न हथ्कण्डा अपनाएर कुन बेला जेल जानुपर्छ ठेगान छैन भनेका हुन्।

नेता गुरुङले नेपालमा विदेशी हस्तक्षेप र प्रभुत्व बढेको र फुटाऊ र शासन गर नीति अनुसार नेपाललाई अस्थिर बनाइराख्ने खेल भइरहेको तर्क गरे । हेर्नुहोस पुस ३ गतेका मुख्य समाचारह

प्रतिक्रिया