पर्सी आइहाल्न्या हुँ खिरपुरी बनाइराख्नु।अचार पनि, धेरै खान्या हुँ। हिजो कम खाँ हुँ नि मैले १ धेरै खान्या हुँ।नरुनु दुलहीले कारबाट आमालाई सम्झाउँदै भनेको यो भिडियो अहिले निकै चर्चामा आएको छ विचार गरेस् है आफ्नो।आफ्नो शरीर स्वस्थ एपछि मात्र सबै चिज हुन्छ है। ख्याल राख्नु।’ सोही भिडियोमा दुलहीको गाला सुम्सुम्याउँदै आमाले भनेको देख्न सकिन्छ। टिकटक र फेसबुकमा भाइरल भइरहेको यो भिडियो कसको हो ? भन्ने कुरा अहिले निकै चासोको विषय बनेको छ।
सारामल्ल ठकुरीको टिकटक एकाउन्टबाट सार्वजनिक भएको यो भिडियो भाइरल भइरहेकै बेला फेरी अर्को भिडियो पनि सार्वजनिक भएको छ। जुन भिडियोमा उनी पूर्व वाचा अनुसार माइतीघर आएको देख्न सकिन्छ भने आमाको हातबाट खिरपुरी र अचार पनि खाएकी छन्। यी दुवै भिडियो टिकटक हुँदै सामाजिक सञ्जाल फेसबुक इन्स्टाग्राम ट्विटर आदीमा अहिले भाइरल भइरहेका छन्। उनको पहिलो भिडियो टिकटकमा मात्र ३९ लाख पटक हेरिएको छ। सो भिडियाले ४ लाख ७७ हजार लाइक पाएको छ। १४ हजार हजार ३ सय जनाले शेयर गरेका भिडियोमा ६ हजार ६ सय १८ कमेन्ट छन्। भिडियो हेर्नुहोस
https://www.youtube.com/watch?v=P-N-8DMHLfs&feature=emb_logo
प्रतिक्रिया