ललिता निवास जग्गा प्रकरणमा अख्तियारका पूर्वप्रमुख बस्नेत थुनामा, हेर्नुहोस मंसिर २९ गतेका मुख्य समाचारहरु

इनेप्लिज २०७७ मंसिर २९ गते ६:०१ मा प्रकाशित

ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा गएका छन् ।

आइतबार विशेष अदालतले हाजिर भएका उनलाई थुनामा पठाउने आदेश भएको विशेष अदालतका उपरजिस्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए।विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की,न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्नेत आरोपित देखिने भएकाले थुनामा पठाउने आदेश दिएको छ।उनलाई आइतबार नै डिल्लीबजार कारागार चलान गरिएको छ।हेर्नुहोस मंसिर २९ गतेका मुख्य समाचारहरु

प्रतिक्रिया